नेभिगेशन
समाज

ट्रम्प–ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीले मङ्गलबार टोकियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका क्रममा दुवै देशबीचको सम्बन्धलाई ‘नयाँ स्वर्ण युग’ मा प्रवेश गराउने वाचा गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले ट्रम्पको द्वन्द्व मध्यस्थतामा भूमिकाको प्रशंसा गर्दै उनलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने तयारी भइरहेको ह्वाइट हाउसले जनाएको छ ।

Ncell
Extreme Energy

एसिया भ्रमणको दोस्रो चरणमा जापान पुगेका राष्ट्रपति ट्रम्पले ताकाइचीसँगको भेटमा जापानलाई ‘सबैभन्दा बलियो सहयोगी’ भन्दै व्यापार र सुरक्षामा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका थिए । ट्रम्पले ताकाइचीलाई सम्बोधन गर्दै भने, “हामी सबैभन्दा उच्च स्तरका सहयोगी हौँ र तपाईंसँग काम गर्न पाउनु मेरो लागि सम्मान हो”,।

ताकाइचीले थाइल्यान्ड–कम्बोडिया युद्धविराम र गाजा सम्झौतामा ट्रम्पको प्रयासलाई ‘ऐतिहासिक उपलब्धि’ भन्दै प्रशंसा गरेका थिए । उनले जापान–अमेरिका गठबन्धनलाई ‘बलियो र समृद्ध स्वर्ण युग’ मा रूपान्तरण गर्ने दृढता व्यक्त गरे ।

दुवै नेताले महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीको आपूर्ति शृङ्खला सुदृढ पार्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौता चीनले दुर्लभ पृथ्वी उद्योगमा लगाएको प्रतिबन्ध र अमेरिकी आयातमा ट्रम्पले घोषणा गर्नुभएको १०० प्रतिशत करको प्रतिक्रियामा आएको हो ।

ट्रम्पले जापानी खेलाडी ओहतानी र यामामोटोको वल्र्ड सिरिज खेल हेर्दा ढिलो भएको भन्दै क्षमायाचना पनि गरेका थिए । मलेसियाको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको दक्षिण कोरियाली वार्ताअघि टोकियो पुगेका ट्रम्पको यो भेटले व्यापार तनाव घटाउने आशा जगाएको छ ।

टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार ताकाइचीले रक्षा बजेट कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्‍याउने लक्ष्य अगाडि सारेर अमेरिकाको दबाब घटाउने प्रयास गरेका छन् । जापानमा करिब ६० हजार अमेरिकी सैनिक तैनाथ छन् र वासिङ्टनले टोकियोलाई अझ बढी खर्च गर्न आग्रह गरेको छ ।

ताकाइचीले गत हप्ता प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका थिए । उनले चीनसँग बढ्दो तनावबीच जापानले बलियो रक्षा नीति अवलम्बन गर्ने बताएका छन् । ट्रम्पले मङ्गलबार योकोसुकास्थित अमेरिकी विमानवाहक जहाज युएसएस जर्ज वासिङ्टनमा सैनिकहरूलाई सम्बोधन गर्ने र टोयोटाका अध्यक्षसहित व्यापारिक नेताहरूसँग रात्रिभोज गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा जापानी आयातमाथि अहिले १५ प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ । यसले सेप्टेम्बरमा अमेरिकी कार निर्यातमा २४ प्रतिशत गिरावट ल्याएको छ । जापानको कार उद्योगले देशको करिब आठ प्रतिशत रोजगारी प्रदान गर्छ ।

ह्वाइट हाउसका अनुसार जुलाईमा तय गरिएको व्यापार सम्झौता अन्तर्गत जापानले अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ । पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग ट्रम्पको घनिष्ठ सम्बन्ध रहेकाले ताकाइचीका लागि नयाँ सम्बन्ध स्थापनामा चुनौती हुने अनुमान गरिएको छ । ट्रम्पले ताकाइचीलाई ‘मेरो मित्र आबेका महान उत्तराधिकारी’ भन्दै प्रशंसा गरेका छन् ।

अब ट्रम्पको मुख्य लक्ष्य चीनसँगको व्यापार सम्झौता हो । उनले बिहीबार दक्षिण कोरियामा राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेटवार्ता गर्ने तयारी गरेका छन् । त्यस्तै, उनको यस भेटघाट पश्चात् उनको भेट उत्तर कोरियाली नेता किम जोङ–अनसँग हुने सङ्केत दिएका छन् ।।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द सत्र  प्रभावित भएको छ ।
विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

विराजभक्त श्रेष्ठको सम्झनामा खुला मञ्च खुला राख्ने त्यो लडाइँ

काठमाडौँमा निर्णायक गुठी आन्दोलनबाट उदाएका श्रेष्ठ ‘अकुपाइ टुँडिखेल’ अभियानमा पनि सक्रिय भएर लागे । एक राजनीतिज्ञका रुपमा उनले प्रदेशसभामा विषय उठाउनुका साथै अभियानमा आफै सामेल भए ।
८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

८५ हजार समर्थकसामु भावुक बन्दै मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २१ वर्ष लामो यात्राको अन्त्य

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने लियोनेल मेस्सीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरबाट औपचारिक बिदाइ लिएका छन् ।
बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल आगामी बडादसैँ अगाडि नै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।

भर्खरै