नेभिगेशन
समाज

आफ्नो तेस्रो कार्यकालका लागि संविधान बाधक बनेको प्रति ट्रम्पको चिन्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार संविधानमा तोकिएको सीमा स्वीकार गर्दै आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने अनुमति नभएको स्पष्ट पारेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानअनुसार अमेरिकी राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न सकिने प्रावधान छ । यही सीमालाई स्वीकार गर्दै ट्रम्पले भने, “मसँग इतिहासकै सबैभन्दा उच्च जनमत छ, तर मैले पढेको आधारमा मलाई तेस्रो पटक चुनाव लड्न अनुमति छैन । यो साँच्चै निकै नराम्रो कुरा हो ।”

Ncell
Extreme Energy

७९ वर्षीय राष्ट्रपति ट्रम्प र उनका समर्थकबीच सन् २०२८ को चुनावमा पुनः उम्मेदवारीबारे चर्चाले अमेरिकामा लामो समयदेखि ध्यान आकर्षित गरिरहेको छ । उनका विरोधीहरूले यसलाई चिन्ताको रूपमा लिँदा समर्थकहरूले भने जयजयकार गर्दै उनलाई निरन्तर शासनको आग्रह गर्दै आएका छन् ।

सन् २०१७ देखि सन् २०२१ सम्म पहिलो कार्यकाल पूरा गरेका ट्रम्पले हालै जनवरीमा दोस्रो कार्यकाल सुरु गरेका हुन । संवैधानिक प्रतिबन्ध हुँदाहुँदै पनि उनका कट्टर समर्थकहरूले उनलाई हालको कार्यकालपछि पनि शासनमा रहिरहन आग्रह गर्दै आएका छन् ।

पूर्व रियालिटी टेलिभिजन स्टार ट्रम्पले केही समयअघि ओभल अफिसको डेस्कमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी प्रदर्शन गरेका थिए । जसले पुनः तेस्रो कार्यकालको चर्चा चुल्याएको थियो ।

उनका समर्थकमाझ एउटा लोकप्रिय धारणा छ कि उपराष्ट्रपति जेडी भान्स सन् २०२८ मा ट्रम्पसँगै राष्ट्रपति पदका लागि संयुक्त टिकटमा उम्मेदवार बन्न सक्छन् । तर ट्रम्पले यस विचारलाई अस्वीकार गर्दै बुधबार पुनः भने,  “म पुनः चुनाव लड्न नसक्ने कुरा अत्यन्त स्पष्ट छ, तर हाम्रो देशमा धेरै महान व्यक्तिहरू छन् ।”

यसैबीच, अमेरिकी सदनका सभामुख माइक जोनसनले पनि क्यापिटलमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँगको वार्ताको प्रसङ्ग उल्लेख गर्दै भने, “मैले राष्ट्रपतिसँग तेस्रो कार्यकालबारे कुरा गरेको छु तर त्यसका लागि कुनै वैधानिक बाटो देखिँदैन ।”

जोनसनले संविधानको २२औँ संशोधनको व्याख्या गर्दै भने, “संविधान स्पष्ट छ—राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी शासन गर्न सक्दैन । संविधान संशोधन गर्न प्रयास गरे पनि त्यो प्रक्रिया निकै लामो हुन्छ । यसका लागि कङ्ग्रेसको दुई तिहाइ र राज्यहरूको तीन चौथाइ अनुमोदन आवश्यक पर्छ, जुन अहिले असम्भवजस्तै देखिन्छ ।”

ट्रम्पका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख रणनीतिज्ञ स्टिभ बेननले गत हप्ता द इकोनोमिस्टसँगको अन्तर्वार्तामा ‘ट्रम्प फेरि ह्वाइट हाउसमा फर्कनुहुनेछ, उहाँ सन् २०२८ मा पनि राष्ट्रपति हुनेहुनेछ र मानिसहरूले त्यसको तयारी गर्नुपर्छ’ भनेपछि तेस्रो कार्यकालबारे चर्चा फेरि तीव्र बनेको हो ।

२२औँ संशोधनका सन्दर्भमा सोधिएको प्रश्नमा बेननले भनेका थिए ।, “यसका धेरै विकल्पहरू छन् । उचित समयमा हामी हाम्रो योजना के हो भनेर जनतालाई बताउनेछौँ ।”

यससँगै, ट्रम्पले संविधानको सीमा स्वीकार गर्दै तेस्रो कार्यकालमा उम्मेदवारी नदिने अठोट सार्वजनिक रूपले प्रष्ट पारेका छन् । तर अमेरिकी राजनीतिको केन्द्रमा उनको प्रभाव अझै उतिकै बलियो देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विकास आयोजनाको अवरोध तथा ढिलाइ हटाउन पूर्वाधार अदालत गठन गर्ने विधेयक तयार

विकास आयोजनाको अवरोध तथा ढिलाइ हटाउन पूर्वाधार अदालत गठन गर्ने विधेयक तयार

मन्त्रालयले मस्यौदामाथि आवश्यक सुझावका लागि सर्बोच्च अदालत, राष्ट्रिय योजना आयोग, पूर्वाधार विकास मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अर्थ मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालयमा...
हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

हरिनगरमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय प्रतिबद्धता

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा भएको गोलीकाण्ड र त्यसपछि उत्पन्न अशान्त वातावरणलाई सामान्य बनाउन हरिनगर गाउँपालिकामा सर्वपक्षीय तथा सर्वदलीय बैठक सम्पन्न भएको छ।
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको सुनुवाइ हुँदै (तस्बिरहरु)

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ भइरहेको छ ।