नेभिगेशन
सबै कुरा

चावहिल क्षेत्रमा श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्राको रौनकता

चावहिल क्षेत्रमा श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको रौनकता छाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 जात्राको दोस्रो दिन आज मार्गशीर्ष कृष्ण प्रतिपदाका अवसरमा श्री चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको जात्रा व्यवस्थापन समितिले जनाएको छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर बिसाइनेछ । 

Ncell
Extreme Energy

कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार सुरु भएको जात्रा श्री चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि मार्ग शीर्ष कृष्ण तृतीयाका दिन सकिने परम्परा छ । जात्रा करिब साढे तीन सय वर्ष पुरानो भएको विश्वास गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको स्थानीयवासीको भनाई छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ । यस वर्ष बिहीबार सिन्दुर जात्रा गरिने जनाइएको छ ।

जात्रा कार्तिक शुक्ल पूर्णिमाका दिन चावहिल क्षेत्रमा सुरु भएको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ ।  

जात्राको पहिलो दिन सोमबार ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मूल मन्दिर पनि घुमाइन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ ।

मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन बुधबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराइने कार्यक्रम रहेको छ । दर्शनपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकहरुमा घुमाइने जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए । यो जात्रा प्रत्येक वर्ष पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।