नेभिगेशन
पूर्वाधार

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा उनले अर्थतन्त्र सुधारका लागि विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइरहेको जानकारी दिएका हुन् । 

Ncell
Extreme Energy

अर्थमन्त्रीले पहिलो प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनाका लागि आवश्यक काम भइरहेको बताए । बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत र पुनःस्थापनाका लागि अध्ययन भइसकेको उनले जानकारी दिए । 

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।

निजी क्षेत्रको प्रबर्धन तथा पुनरुत्थानका लागि छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्थमन्त्रीले त्यसलाई तेस्रो प्याकेजका रूपमा अघि बढाइने बताए ।

चौथो प्याकेजअन्तर्गत नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट हटाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनले जानकारी दिए । 

पाँचौँ प्याकेजअन्तर्गत भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको अर्थमन्त्री वाग्लेले बताए ।   
“अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीइय क्षति भएकाले प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष प्याकेज ल्याई निजी क्षेत्रको प्रवर्द्धन गर्न आग्रह गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

गगन भन्छन्– महाधिवेशनको मिति तलमाथि हुँदैन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले असोज १६–१९ का लागि तोकिएको पन्ध्रौँ महाधिवेशनको मिति तलमाथि नहुने बताएका छन् ।
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...