नेभिगेशन
मुख्य समाचार

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान प्रान्तमा ३२० जना घाइते भएको  बताएका छन् ।  

CG

अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफका बासिन्दाहरू आफ्ना घरहरू भूकम्पले ढल्ने डरले सडकमा उत्रिएको एएफपीले जनाएको छ । प्रभावित क्षेत्र देखि करिब ४२० किलोमिटर टाढाको राजधानी काबुलका संवाददाताहरूले पनि कम्पन महसुस गरेको बताएका छन् ।

पाहाडी अफगानिस्तानमा कमजोर सञ्चार सञ्जाल र पूर्वाधारले उद्धार प्रक्रियामा बाधा  पुर्याएकाले    अधिकारीहरूलाई प्रभावित क्षेत्रमा पुग्न असहज भएको जनाइएको छ ।

यो तालिबान सरकारका लागि पछिल्लो प्राकृतिक प्रकोप हो, जसले सन् २०२१ मा अफगानिस्तान कब्जा गरेदेखि तीनवटा ठूला घातक भूकम्पहरूको सामना गरेको छ ।

अगस्टमा, देशको पूर्वमा ६।०–म्याग्निच्युडको भूकम्पले पाहाडी गाउँहरू नष्ट गर्नु का साथै  दुई हजार २०० भन्दा बढीको ज्यान लिएको थियो । सन् २०२३ मा इरानी सीमा नजिकैको पश्चिमी हेरात र सन् २०२२ मा पूर्वी नङ्गरहार प्रान्तमा ठुलो भूकम्पले सयौंको ज्यान लिनुका साथै हजारौं घरहरू ध्वस्त पारेको थियो ।

संयुक्त राष्ट्र संघ र सहायता एजेन्सीहरूले अफगानीस्तानमा भोकमरी बढिरहेको चेतावनी दिएका छन् । अफगानिस्तान खडेरी, बैङ्किङ क्षेत्रमा आर्थिक प्रतिबन्ध र छिमेकी इरान र पाकिस्तानबाट लाखौं अफगान नागरिकहरू निरन्तर स्वदेश फर्कका कारणले मानवीय सङ्कटबाट ग्रस्त भएको जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

अमेरिकाले बन्द गर्यो डिभी लोटरी, कारण के हो ?

मेरिकीले डिभी लोटरी कार्यक्रम अस्थायीरुपमा रोकेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमका अनुसार ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा  डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने...
रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न ३ सय ५२ जनाको आवेदन, कुन प्रदेशबाट कोको छन् ? (सूचिसहित)

पुस ३ गते सार्वजनिक भएको आकांक्षीहरुको सूचिमा कोशी प्रदेशबाट ६० जना, मधेशबाट ६१ जना,बागमती प्रदेशबाट ९४ जना,  गण्डकीबाट ४३ जना, लुम्बिनीबाट ४४ जना, कर्णालीबाट २० जना र सुदूरपश्चिमबाट...
रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविको रिहाई पछि बाबुराम भट्टराई भन्छन्ः अदालतको स्वागतयोग्य निर्णय

रविबारे आफूले गत वर्षदेखि पटक पटक उठाउँदै आएको कुरा अदालतबाट भएको उल्लेख गर्दै उनले भनेका छन् ,‘यसले उहाँलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त...