नेभिगेशन
सबै कुरा
नेपाल एयरलाइन्सको बेइमानीः

प्रधानमन्त्रीलाई दुई घण्टा पहिला उडाउँदा मध्यरातमा ३१ यात्रु विमानस्थलमा अलपत्र (भिडियो सहित)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्धातिर समय भन्दा २ घण्टा अगाडिनै दुबई उडाउँदा टिकट काटेका ३१ नेपाली यात्रु काठमाडौँ अलपत्र परेका छन् ।

बुधबार राति ११ बजे उडान तालिका भएको नेपाल एयरलाइन्सको विमानमा प्रधानमन्त्री प्रचण्डको टोली दुबई जाँदै थियो । भिभिआइपी सवार भएपनि नेपाल एयरलाइन्सले अन्य यात्रुलाई पनि टिकट बेचेको थियो । तर प्रधानमन्त्रीको टोली विमानस्थलमा ८ बजेनै पुगेपछि नेपाल एयरलाइन्सले साढे ९ बजेनै विमान उडायो ।

Dish Home
Global Ime Bank

तर ३१ जना यात्रुका लागि भने ११ बजेको समय तोकेर टिकट बेचिएको थियो । उनीहरू ८ बजेनै विमानस्थल पुग्दा पनि उड्न पाएनन् । सोही विमानमा दुबई जान उडान समय भन्दा ३ घण्टा अघिनै विमानस्थल पुगेका प्रज्ज्वल विक्रम राणाका अनुसार ८ बजेनै नेपाल एयरलाइन्सको बोर्डिङ काउन्टर बन्द भएको थियो । 

तर यात्रुहरूको लागि कुनै सूचना दिइएको थिएन । राणाका अनुसार विमान उडिसकेपछि मात्रै कर्मचारीले प्रधानमन्त्रीको सवारीका कारण फ्लाइटलाई दुई घण्टा अगाडि सार्न माथिबाट अर्डर आएको र भिभिआइपी सवारी भएपछि आफूहरूले पनि केही गर्न नसक्ने जवाफ दिएर उम्किए ।

कर्मचारीको जवाफ पछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि दुबई र दुबई ट्रान्जिट पारेर अन्य मुलुकमा जान लागेको ३१ जना विमानस्थल निरिह बनेका थिए । उनीहरूले विवाद गरेपछि भने एयरलाइन्सले भिभिआइपीको सवारीका लागि उडान २ घण्टा अगाडि फलाइट सार्दा यात्रु छुटेको भन्दै पत्र थमाइदियो । विमानस्थलमा अलपत्र परेका यात्रुको दबाब पछि एयरलाइन्सले उनीहरुलाई होटल लगेर राखेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार उनीहरूलाई आजका उडानमा मिलाएर पठाइने छ । तर यात्रु अलपत्र पारेको विषयमा भने नेपाल एयरलाइन्सले इमले र फोन गरेर फलाइट अघि सारिएको जानकारी गराएको दाबी गर्दै चोखिन खोजेको छ। ३१ जना यात्रुहरूले भने आफूहरूलाई कतैबाट कुनै सूचना नआएको बताए ।

रोजगारीका लागि दुबई जानका लागेका एक यात्रुले सिधाकुरासँग भने "सूचना पाएको भए पैसा तिरेर काटेको टिकट छुटाउन कसलाई रहर हुन्छर ? बिहिबार कम्पनीमा हाजिर हुनु छ, आफ्नो उडानको टुंगो छैन" ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बाल मन्दिर जग्गा हिनामिना प्रकरणः  तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

नेपाल बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले श्रेष्ठलाई ५ लाख...
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।