नेभिगेशन
सबै कुरा
नेपाल एयरलाइन्सको बेइमानीः

प्रधानमन्त्रीलाई दुई घण्टा पहिला उडाउँदा मध्यरातमा ३१ यात्रु विमानस्थलमा अलपत्र (भिडियो सहित)

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्धातिर समय भन्दा २ घण्टा अगाडिनै दुबई उडाउँदा टिकट काटेका ३१ नेपाली यात्रु काठमाडौँ अलपत्र परेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार राति ११ बजे उडान तालिका भएको नेपाल एयरलाइन्सको विमानमा प्रधानमन्त्री प्रचण्डको टोली दुबई जाँदै थियो । भिभिआइपी सवार भएपनि नेपाल एयरलाइन्सले अन्य यात्रुलाई पनि टिकट बेचेको थियो । तर प्रधानमन्त्रीको टोली विमानस्थलमा ८ बजेनै पुगेपछि नेपाल एयरलाइन्सले साढे ९ बजेनै विमान उडायो ।

Ncell
Extreme Energy

तर ३१ जना यात्रुका लागि भने ११ बजेको समय तोकेर टिकट बेचिएको थियो । उनीहरू ८ बजेनै विमानस्थल पुग्दा पनि उड्न पाएनन् । सोही विमानमा दुबई जान उडान समय भन्दा ३ घण्टा अघिनै विमानस्थल पुगेका प्रज्ज्वल विक्रम राणाका अनुसार ८ बजेनै नेपाल एयरलाइन्सको बोर्डिङ काउन्टर बन्द भएको थियो । 

तर यात्रुहरूको लागि कुनै सूचना दिइएको थिएन । राणाका अनुसार विमान उडिसकेपछि मात्रै कर्मचारीले प्रधानमन्त्रीको सवारीका कारण फ्लाइटलाई दुई घण्टा अगाडि सार्न माथिबाट अर्डर आएको र भिभिआइपी सवारी भएपछि आफूहरूले पनि केही गर्न नसक्ने जवाफ दिएर उम्किए ।

कर्मचारीको जवाफ पछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि दुबई र दुबई ट्रान्जिट पारेर अन्य मुलुकमा जान लागेको ३१ जना विमानस्थल निरिह बनेका थिए । उनीहरूले विवाद गरेपछि भने एयरलाइन्सले भिभिआइपीको सवारीका लागि उडान २ घण्टा अगाडि फलाइट सार्दा यात्रु छुटेको भन्दै पत्र थमाइदियो । विमानस्थलमा अलपत्र परेका यात्रुको दबाब पछि एयरलाइन्सले उनीहरुलाई होटल लगेर राखेको छ ।

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार उनीहरूलाई आजका उडानमा मिलाएर पठाइने छ । तर यात्रु अलपत्र पारेको विषयमा भने नेपाल एयरलाइन्सले इमले र फोन गरेर फलाइट अघि सारिएको जानकारी गराएको दाबी गर्दै चोखिन खोजेको छ। ३१ जना यात्रुहरूले भने आफूहरूलाई कतैबाट कुनै सूचना नआएको बताए ।

रोजगारीका लागि दुबई जानका लागेका एक यात्रुले सिधाकुरासँग भने "सूचना पाएको भए पैसा तिरेर काटेको टिकट छुटाउन कसलाई रहर हुन्छर ? बिहिबार कम्पनीमा हाजिर हुनु छ, आफ्नो उडानको टुंगो छैन" ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।