नेभिगेशन
मुख्य समाचार

पीटीसी सम्झौताबारे कुलमान भन्छन्ः 'विद्युत नपाउने जोखिम हटाउन गरिएको हो, भ्रममा नपरौँ'

काठमाडौँ । विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरेको सम्झौता विवादमा परेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले स्पष्टीकरण दिएका छन् । 
उनले पीटीसीसँगको सम्झौताको निर्णय व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि नभई राष्ट्र र नेपाल विद्युत् प्राधिकरणको हितमा गरिएको जिकिर गर्दै भ्रम फलाएको उल्लेख गरेका छन् । 
उनले आइतबार फेसबुकमा लेखेका छन्, ‘आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि भारतीय कम्पनी पीटीसीसँग गरिएको सम्झौता बारे केही भ्रम फैलाइएको देखिएको छ। म स्पष्ट भन्न चाहन्छु यो निर्णय कुनै व्यक्तिगत स्वार्थ, सेटिङ वा नाजायज कारणका लागि होइन, राष्ट्र र नेपाल विद्युत प्राधिकरणको हितमा गरिएको हो।’

उनका अनुसार नदी प्रवाहमा आधारित हाम्रो प्रणालीले वर्षायाममा निर्यात र सुक्खायाममा केही परिमाणमा आयात आवश्यक छ।

CG

‘हामीले नियमपूर्वक पारदर्शी प्रक्रियाबाट सबैभन्दा सस्तो दरमा विद्युत् नियमन आयोगबाट स्वीकृति लिई विगत लामो समयको अभ्यासबमोजिम विद्युत् खरिदको निर्णय गरेका छौँ, जसले हिउँदयाममा स्थिर आपूर्ति सुनिश्चित गर्छ र १० रुपैयाँसम्मको महँगो विद्युत् आयात गर्नुपर्ने बाध्यता हटेको छ। यदि यो कदम समयमै नचालिएको भए महँगो विकल्पमा जानुपर्ने र विद्युत् नपाउने जोखिम थियो। यसैले निर्णय पूर्ण रूपमा राष्ट्र, प्राधिकरण र जनताको हितमा गरिएको हो। भ्रममा नपरौँ’, उनले भनेका छन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारमा पुग्यो रास्वपा !

सरकारमा पुग्यो रास्वपा !

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

उनले लेखेका छन्, ‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र  सुदृढ बन्दै छ । बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ...
रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

रास्वपामा कुलमानलाई रवि पछिको वरियता, उज्यालो नेपाल पार्टी रास्वपामा विलय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच ७ बुँदे सहमति भएको छ। कमलादीस्थित रास्वपा केन्द्रिय सदस्य असिम शाहको कार्यालयमा भएको उक्त सहमतिमा कुलमानलाई...
नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम...