नेभिगेशन
सबै कुरा

साढे चार महिनामा सशस्त्र र एसएसबीका एक सय ४५ संयुक्त गस्ती

कञ्चनपुर : दुईतिर भारतीय सिमाना जोडिएको कञ्चनपुरमा केही वर्षयता सशस्त्र प्रहरीले उपस्थिती बढाएर सीमा सुरक्षा अब्बल बनाएको छ । कोरोना महामारी अघिसम्म सीमा इलाका पोष्ट पाँच वटा मात्रै रहेपनि हाल त्यो सङ्ख्या २३ वटा पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी पोष्ट थपिएसँगै सीमामा सुरक्षा मजबुद ढङ्गले अघि बढेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दैनिक पेट्रोल, भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग संयुक्त गस्ती, सीमा स्तम्भ रेखदेख तथा सीमा क्षेत्रमा हुने आपाराधिक गितिवधि नियन्त्रणमा दिनहुँ परिचालन भइरहेको सशस्त्र प्रहरी बल नं ३५ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले जानकारी दिए ।

Ncell
Extreme Energy

पछिल्लो समय सीमासँग जोडिएका स्थानीय तहका वडामा सीमा सहजीकरण समिति गठन गरी सीमा समस्या समाधान, सीमा अपराध नियन्त्रणलगायतका विषयमा समेत सहकार्य भइरहेको छ । “चालु आर्थिक वर्षको साढे चार महिनामा मात्रै सीमा क्षेत्रमा एक सय ४५ वटा सीमागस्ती गरिएका छन्”, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, “फिल्डमा देखिने स–साना समस्या मिलेर समाधान गर्दै आएको छ ।”

उपरीक्षक रावलले नेपाल–भारत सीमा सुरक्षा बलको नियमित बैठक र छलफल भए हुँदै आएको बताए । कोरोना कहरका बेला सरकारले नै सीमामा सशस्त्र प्रहरी बलको सुरक्षा बढाएपछि सीमा क्षेत्रमा शान्ति सुरक्षासमेत राम्रो हुँदै गएको र  सशस्त्र प्रहरी कतिपय स्थानमा अस्थायी संरचना र त्रिपालमा समेत बसेर सीमा सुरक्षामा सक्रिय रहेका रहेको उनको भनाइ छ । “कञ्चनपुरमा तीन वडा बिओपी पोष्टमा पक्की संरचनाका लागि जग्गा भोगाधिकारको विषय टुङ्गो लगाउने प्रक्रियामा छौँ”, उनले भने, “भोगाधिकारको विषयमा विमती नरहे पनि प्राप्तिको विषय अघि बढ्दै छ ।”

सशस्त्र प्रहरीले चालु आवको चार महिनामा अवैध चोरी निकासीबाट रु एक करोड ४१ लख ९८ हजार बराबरको राजस्व सङ्कलन गरी भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै लागुऔषध नियन्त्रणका क्रममा सशस्त्र प्रहरी बलले चालु आवमा ११ जना अभियुक्तलाई लागुऔषधसहित कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।