नेभिगेशन
सबै कुरा

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

काठमाडाैँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । दलित महिला केन्द्र नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भने । जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ छ । 

Ncell
Extreme Energy

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरे बमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताए  प्रतिनिधिसभा तथा राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगाय २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव सङ्कलन गरी आयोगले विधेयक तयार पारेको उनको भनाइ छ । 

आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताए ।

दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले लोकतन्त्र सुदृढ बनाउनेतर्फ आयोगको ठूलो भूमिका रहेको बताउँदै केन्द्रले महिला नेतृत्व विकासलाई प्रवद्र्धन गर्न तालिम तथा सशक्तिकरणका लागि काम गर्दै आएको जनाकारी दिए । 

निर्वाचन प्रणालीका लागि अन्तर्राष्ट्रिय आधार कार्यक्रम प्रबन्धक सौरभा सुवेदीले राजनीतिक र निर्णय प्रक्रियामा लैङ्गिक समानता कायम गर्न संस्थाले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम गर्दै आएको बताए ।

त्यस अवसरमा सांसद ईश्वरी घर्तीमगरले निर्वाचन क्षेत्र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिइन्। राष्ट्रियसभा सदस्य सुरेश आले मगरले संविधानको मर्मअनुसार समानुपातिक प्रणालीको सदुपयोग गर्नुपर्ने बताए। 

साथै सरस्वती सुब्बाले महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन क्षेत्र सुरक्षित गरी महिला महिलाबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा समानुपातिक प्रणालीबाट दुई पटकभन्दा बढी सदस्य हुन नपाउने व्यवस्थाजस्तै प्रत्यक्षतर्फ निर्वाचित सांसदको पनि समयवधि विधेयकमा व्यवस्था गर्नुपर्ने, लक्षित वर्गलाई पहुँच गराउन पहल गर्नुपर्ने, महिलाभित्रको समावेशी समावेश गर्नुपर्ने, प्रत्यक्षतर्फ आरक्षण सुनिश्चित गर्नुपर्नेलगायतका विषयमा छलफल गरिएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।