नेभिगेशन
सबै कुरा

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दिगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषिगणनाबाट प्राप्त नजिता सार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । 

Dish Home
Global Ime Bank

प्रदेशगत रुपमा सवै भन्दा बढि गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सवैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले जानकारी दिए । कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वस्यक पुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले दिगो विकास लक्ष्यमा कृषि जग्गामा समानताको विषय सूचकको रुपमा राखिएकाले जनगणनामा उल्लेख गरिएको बताए । उनले सन २०३० सम्म ४० प्रतिशत महिलाको पहुँच पुराउने लक्ष्य सरकारको रहेको र त्यस  नजिक पुगेको धारणा राखेका छन् ।

त्यस्तै उनले नेपाल जीवनस्तर मापन सर्वेक्षण जनवरीको दोश्रोहप्तासम्म सार्वजनिक गरिने जानकारी दिए  । सर्वेक्षणका आधारमा नेपालका गरिवीको सूचक सार्वजनिक हुन उनले बताए । रायाले कार्यालयको डाटालाई हेर्न सहज होस भनेर वेवसाइटमा नै हेर्न सक्ने व्यवस्था गरिएको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरिने

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहदा आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक...
आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?

आजका कुराः दिनभर के के भयो ?
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ

काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।