नेभिगेशन
सबै कुरा

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत

नेपालको कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको कृषि जनगणनाले देखाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार ललितपुरमा दिगो विकास लक्ष्यको सूचक ५.ए.१ सम्बन्धी राष्ट्रिय कृषिगणनाबाट प्राप्त नजिता सार्वजनिक गर्दै कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने नेपालको जम्मा कृषि जनसंख्यामा महिलाको हिस्सा ३४ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । 

Ncell
Extreme Energy

प्रदेशगत रुपमा सवै भन्दा बढि गण्डकी प्रदेशमा ३८ दशमलव ५ र सवैभन्दा कम कर्णाली प्रदेशमा २८ दशमलव ७ प्रतिशत रहेको तथ्यांक कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले जानकारी दिए । कृषिगणनाको नतिजाले ६२ प्रतिशत घरपरिवार कृषिकार्यमा संलग्न रहेको देखाएको राष्ट्रिय तथ्यांक कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका अनुसार कृषि परिवारमा रहेका कूल वस्यक पुरुषमध्ये ४२ दशमलव ९ प्रतिशत वयस्क पुरुषको कृषि जग्गामा स्वामित्व रहेको छ भने महिलाको हकमा उक्त प्रतिशत २० दशमलव ८ प्रतिशत मात्रै रहेको छ । कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले दिगो विकास लक्ष्यमा कृषि जग्गामा समानताको विषय सूचकको रुपमा राखिएकाले जनगणनामा उल्लेख गरिएको बताए । उनले सन २०३० सम्म ४० प्रतिशत महिलाको पहुँच पुराउने लक्ष्य सरकारको रहेको र त्यस  नजिक पुगेको धारणा राखेका छन् ।

त्यस्तै उनले नेपाल जीवनस्तर मापन सर्वेक्षण जनवरीको दोश्रोहप्तासम्म सार्वजनिक गरिने जानकारी दिए  । सर्वेक्षणका आधारमा नेपालका गरिवीको सूचक सार्वजनिक हुन उनले बताए । रायाले कार्यालयको डाटालाई हेर्न सहज होस भनेर वेवसाइटमा नै हेर्न सक्ने व्यवस्था गरिएको पनि बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीः मृतक १,३८५, सम्पर्कविहीन ५,१३०

भोटेकोशी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३ सय ८५ पुगेको छ ।
दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

दुई महिनापछि बस्यो एमाले पुनर्गठन कार्यदलको बैठक

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक दुई महिनापछि बसेको छ ।
बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

बादल भन्छन्– पार्टी पुनर्गठनको कुरा असान्दर्भिक र बेमौसमी राग

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेतृत्वको बलपूर्वक विस्थापनका निम्ति बाह्य रुपमा गरिएका प्रहार, हमला र नियन्त्रणलाई पार्टी केन्द्रीय कमिटी र महाधिवेशनका निर्णयले संस्थागत रुपमा निस्तेज गरिसकेको सन्दर्भमा...
ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

ओलीलाई हटाउन खोज्नु एमालेलाई अन्तरध्वंसतर्फ धकेल्ने प्रयास हो– बादलको प्रतिवेदन

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले कार्यदलको प्रतिवेदनमार्फत पुनर्गठनको बहसमार्फत पार्टीलाई विवाद र अन्तरध्वंश तर्फ धकेल्न खोजिएको बताएका छन् ।