नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराउने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्रीले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र त्यसको क्षतिपूर्ति माग गरिने तथा वित्तीय र प्राविधिक सहयोगको अधिकारबारे कुरा उठाउने बताए ।  उनले आगामी निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था भएको जानकारी दिए । 

विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताएका हुन् । 

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य अभिवृद्धिका निम्ति आफू क्रियाशील रहेको बताउदै नेपालको आर्थिक विकासमा युएईको सहयोग जुटाउन दूतावासले गरेका कामकारबाहीबारे जानकारी दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...