नेभिगेशन
समाज

जेन-जी अभियन्ता किशोरी कार्कीले दिइन् आयोगमा पार्टी दर्ताका लागि निवेदन, चिन्ह 'माटोको चुलो'

काठमाडौँ । जेनजी अभियन्ता किशोरी कार्कीले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएकी छिन् । आन्दोलनका घाइतेलाई अस्पताल पुर्‍याएर चर्चामा आएकी कार्कीले 'नवनिर्माण पार्टी' दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको आयोग स्रोतले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले पार्टीको चिन्ह 'माटोको चुलो' राखेको जनाईएको छ । निवेदनमा अध्यक्षका रुपमा कार्की स्यंम रहेकी छिन् । पार्टी दर्ताका लागि निवेदन दिए पनि थप कागजपत्र र प्रक्रियाहरू पूरा हुन बाँकी रहेको जनाइएको छ । 

Ncell
Extreme Energy

कार्कीले २३ गतेको आन्दोलनमा बानेश्वरमा प्रहरीको गोली लागी घाइते भएका एक युवकलाई मोटरसाइकलमा राखेर अस्पताल पुर्याएकी थिइन् । त्यसपछि पनि उनी घाइतेको उपचारमा सक्रिय थिइन् । 
कार्की आफै पनि द्वन्द्वपीडित हुन् ।

शिक्षक रहेका उनका बाबु हिमालकाजी कार्की र पशुपति बस्नेत माओवादीमा आबद्धताका कारण सरकार पक्षबाट अपहरणमा परेका थिए । आमा १५ महिनामा रिहा भएपनि बाबु अहिले पनि बेपत्ता छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...