नेभिगेशन
मुख्य समाचार

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ ।

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।

CG

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उनको भनाइ छ ।

उनले भने, “सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो । विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो ।”

उनका अनुसार आर्थिक वर्ष २०८१ र ८२ देखि कार्यक्रम बन्द गरिएको हो । शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए ।

कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ । विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...