नेभिगेशन
समाज

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् ।

Ncell
Extreme Energy

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ ।

‘पढ्दै–कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उनको भनाइ छ ।

उनले भने, “सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो । विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो ।”

उनका अनुसार आर्थिक वर्ष २०८१ र ८२ देखि कार्यक्रम बन्द गरिएको हो । शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए ।

कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ । विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।