नेभिगेशन
समाज

जेन-जी आन्दोलनपछि आयोगमा दर्ता हुन निवेदन दिएका २८ राजनीतिक दल: कुन-कसको ?

काठमाडौँ । जेनजी आन्दोलनपछि थप २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । आयोगले फागुन २१ को निर्वाचन घोषणा भैसकेपछि आजसम्मका लागि दल दर्ताका लागि समय तोकेको थियो । आयोगका अनुसार यो अवधीमा ७ वटा राजनीतिक दलले दर्ताको प्रमाणपत्र पाइसकेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस बाहेक २८ वटा दल दर्ताको प्रक्रियामा छन् । आयोगका अनुसार अहिले निवेदन पेस गर्नेहरुमा:

Ncell
Extreme Energy

कुलमान घिसिङको दाबी गरिएको उज्यालो नेपाल पार्टी,

राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी,

गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी,

हिराप्रसाद सेतीको राष्ट्रिय जेनजी पार्टी नेपाल,

नेत्र विक्रम चन्दको कम्युनिष्ट पार्टी नेपाल,

नवराज सुवेदीको जनयुग पार्टी,

खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल,

हिमालय बहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी,

योगेन्द्र मण्डलको राष्ट्रिय उर्जाशिल पार्टी नेपाल,

चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निमार्ण पार्टी,

सविनको सिग्देलको प्रगतीशिल नागरिक पार्टी,

रत्न प्रसाद श्रेष्ठ नागरिक सर्वोच्चता पार्टी नेपाल,

रियाज अमद शेखको राष्ट्रिय स्वराज पार्टी,

राजकमाुर कक्षपतीको नेपाल कम्युनिष्ट पार्टी(बामपन्थी केन्द्र),

सुन्दर राम बहादुरको आवाज पार्टी,  

गणेश कुमार मण्डलको सार्वभौम नागरिक पार्टी,

माधवप्रसाद खतिवडाको नागकिर बचाउ दल नेपाल,

अकबर खानको राष्ट्र निमार्ण दल नेपाल,

रमणकुमार कर्णको जनादेश पार्टी नेपाल,

प्रसान्त सिंहको पिपुल फष्र्ट पार्टी,

प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी,

अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल,

सन्दिप उप्रेतीको राष्ट्रिय स्वाभीमान पार्टी नेपाल,

नुमा लिम्बुको समावेशी समाजवादी पार्टी,

टिकाराम पुरीको राष्ट्रिय गौरव पार्टी,

जिवन लिम्बुको एकता नेपाल,

किशोरी कार्कीको नवनिर्माण पार्टी,

दिपककुमार शाहाको सर्वोदय पार्टीले दल दर्ताका लागि आइतबारसम्म आयोगमा निवेदन दिएका छन् । उल्लेखित नामहरु दल दर्ताको प्रक्रियामा रहेको पार्टी हुन् । यिनीहरू बाहेक थप सात वटा राजनीतिक दलले दर्ता भएर प्रमाणपत्र लिइसकेका छन् । 

party-listt-1763292910.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।