नेभिगेशन
मुख्य समाचार

जेनजी आन्दोलनमा निजी क्षेत्रको करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कनः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट निजी क्षेत्रमा करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कन प्राप्त भएको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी आन्दोलनका क्रममा ५५ जिल्लामा १ हजार ९ सय ५७ इकाइमा क्षति भएको र जसमध्ये निजी क्षेत्रको ४१९ संरचनामा करिव ३६ अर्वको क्षति भएको प्रारम्भीक मूल्याङ्कन प्राप्त भएको जानकारी दिए ।

निजी क्षेत्रमा भएको क्षति मध्ये करिव २३ अर्वको बिमा दावी भएको उनले बताए । अर्थमन्त्री खनालले सरकार र व्यवसायीबीचमा विश्वासको वातावरण बनाएर अघि बढ्ने भन्दै निजी क्षेत्रलाई नियन्त्रणमूखी प्रणाली नबनाइने प्रष्ट पारेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन अनुसार नै सरकारले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनको भनाइ छ । उनले  अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पूँजीबजार र घरजग्गा व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिए ।

घरजग्गा व्यवसायमा देखिएको समस्यालाई पनि समाधान गर्ने प्रयासमा रहेको उनले बताए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले करका बिषयमा एकद्वार प्रणाली लागू हुनुपर्ने, प्रविधिमैत्री कर प्रणाली बनाउनुपर्ने, सवै प्रकारका कारोवारलाई एउटै प्रकृतिमा दाज्न नहुने लगाएतका सुझाव दिए ।

उनले राष्ट्र बैंकबाट जारी चालू पूजी कर्जा निर्देशिकालाई खारेज गर्न माग गरे । घरजग्गा व्यवसायमा देखिएको सुस्ततालाई अन्तय गर्न पनि आवश्यक व्यवस्था गर्न चेम्वरले सरकारलाई सुझाव दिएको छ भने व्यवसायिक वातावरणमा सुधार ल्याउन तत्काल लगानी प्रवद्र्धन नीति ल्याउनुपर्ने माग गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार सो विषयमा रिट निवेदन पेस भएको र यसबारे अध्ययन भइरहेको छ । दर्ता गर्ने वा नगर्ने विषयमा सोमबार निर्णय हुने कोइरालले जानकारी...
एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान (तस्बिरहरु)

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि क्रिकेट मैदान
नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुन कार्की पक्राउ

सिआइबीका अनुसार दरबारमार्गमा रहेको जग्गा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रकिङ प्रालिको बीचमा लिजमा दिने र लिने करार सम्झौतामा बदनियत राखेको देखिएको छ ।
फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

फागुन २१ को निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता हुने

आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते गर्ने जनाएको छ ।

भर्खरै