नेभिगेशन
मुख्य समाचार

पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेश सभापति डा.अच्यूतम लामिछानेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

रास्वपा स्रोतका अनुसार लामिछानेले ललितपुरको एक कार्यक्रममा दिएको अभिव्यक्ति पार्टीको मर्मर र सिद्धान्त विपरीत रहेको भन्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोध्ने बारे छलफल भइरहेको छ। 

CG

शनिवार ललितपुरको गोदावरीमा भएको नगर अधिवेशनमा डा.लामिछानेले पार्टी छाडेर जानेहरूप्रति टिप्पणी गरेका थिए । साथै उनले पार्टी छाड्नेहरूले धोका दिएको भन्दै पार्टी छाड्न कोही बाँकी भए छिट्टै छाडेर जानु भन्ने अभिव्यक्ति दिएका थिए । 

उनको अभिव्यक्ति पार्टी अनुशासन बाहिर भएकाले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । रास्वपाका अनुशासन आयोगका कार्यवहाक प्रमुख रामकान्त रिमालले भने डा.लामिछाने लगायत अन्य केही नेताहरूले सार्वजनिकरुपमा बोलेका, लेखेको कतिपय विषयहरू पार्टीको अनुसार बाहिर भएकाले नियमन गर्ने विषयमा छलफल भइरहेको छ । 

उनले भने, 'एक जना नेताको मात्रै होइन, कोहीले बोलेर कोहीले लेखेर पार्टीको सिद्धान्त बाहिरका अभिव्यक्ति दिएको देखिएको छ, पार्टीले गम्भिररुपमा लिएको छ ।' 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...