नेभिगेशन
समाज

पार्टी छाड्नेमाथि अपमानजनक टिप्पणी गर्नेलाई रास्वपामा कडाइ, बागमती सभापतिलाई स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेश सभापति डा.अच्यूतम लामिछानेलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा स्रोतका अनुसार लामिछानेले ललितपुरको एक कार्यक्रममा दिएको अभिव्यक्ति पार्टीको मर्मर र सिद्धान्त विपरीत रहेको भन्दै अनुशासन समितिले २४ घण्टे स्पष्टीकरण सोध्ने बारे छलफल भइरहेको छ। 

Ncell
Extreme Energy

शनिवार ललितपुरको गोदावरीमा भएको नगर अधिवेशनमा डा.लामिछानेले पार्टी छाडेर जानेहरूप्रति टिप्पणी गरेका थिए । साथै उनले पार्टी छाड्नेहरूले धोका दिएको भन्दै पार्टी छाड्न कोही बाँकी भए छिट्टै छाडेर जानु भन्ने अभिव्यक्ति दिएका थिए । 

उनको अभिव्यक्ति पार्टी अनुशासन बाहिर भएकाले स्पष्टीकरण सोध्ने तयारी गरेको हो । रास्वपाका अनुशासन आयोगका कार्यवहाक प्रमुख रामकान्त रिमालले भने डा.लामिछाने लगायत अन्य केही नेताहरूले सार्वजनिकरुपमा बोलेका, लेखेको कतिपय विषयहरू पार्टीको अनुसार बाहिर भएकाले नियमन गर्ने विषयमा छलफल भइरहेको छ । 

उनले भने, 'एक जना नेताको मात्रै होइन, कोहीले बोलेर कोहीले लेखेर पार्टीको सिद्धान्त बाहिरका अभिव्यक्ति दिएको देखिएको छ, पार्टीले गम्भिररुपमा लिएको छ ।' 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

बाढीपहिरोको जोखिम बढेपछि २५ जिल्लामा दुई दिन सवारी सञ्चालनमा रोक

अविरल वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्ध हुनसक्ने र त्यसबाट सम्भावित दुर्घटना तथा क्षति हुनसक्ने जोखिमलाई ध्यानमा राखेर तराई, भित्री मधेस, पहाड तथा हिमाली क्षेत्रका २५ जिल्लामा...
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता

निरन्तर वर्षाका कारण घरभन्दा माथि निर्माण गरिएको नयाँ मोटरबाटोबाट लेदोसहित ढुङ्गामाटो बगेर आउँदा स्थानीय केसुराम सारुमगर र रामबहादुर उचईका कच्ची घर पहिराले ढलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी...
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले...
कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

कांग्रेस अधिवेशनमा बाढीको प्रभाव, क्षेत्रीय अधिवेशन १३ गतेसम्म

जारी वर्षा र बाढीको असर कांग्रेस महाधिवेशनमा पनि परेको छ । निर्धारित समयभित्र सबै पालिकामा अधिवेशन सम्पन्न नहुँदै क्षेत्रीय अधिवेशन पनि प्रभावित भएको छ ।