नेभिगेशन
सबै कुरा

कुनै पनि बैंकले १६ प्रतिशतभन्दा बढी ब्याज लिए ’स्टेटमेन्ट’ लिएर आउनुस् : गर्भनर

काठमाडाैँ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो समयमा बजारमा बैंकहरुले १६ प्रतिशत भन्दा बढी ब्याजदर लिएको अफवाह फैलाइएको बताउँदै उनीहरुलाई बैंक स्टेटमेन्ट लिएर आफूकहाँ आउन उनले चुनौतीसमेत दिएका छन् । 

Ncell
Extreme Energy

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले ति अभिव्यक्ति सबै अफवाह भएको बताएका हुन् । 

त्यस्तै पछिल्लो समय व्यवसायीहरु समस्यामा पर्नुको कारण राज्यको नीति मात्र नभई व्यवसायीक योजना नहुनु भएको उनले बताएका छन् । उनले भने, ‘ऋण तिर्ने योजना बनाउन नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन्, यो समस्या राज्यले लिएको नीतिको कारण भएको होइन। व्यवसायीको योजना नहुनु पनि हो।‘

त्यस्तै केही समययता रियल स्टेटको कारोबारमा सुधार हुनुका साथै पर्यटन क्षेत्रले पुरानै लय समाएको बताउँदै उनले यसले अर्थतन्त्र सुधार हुनेमा उनले विश्वास व्यक्त गरेका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।

भर्खरै