नेभिगेशन
मुख्य समाचार

वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार छैनः एमाले नेता अधिकारी

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै आधार नभएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले संविधानको उल्लंघन गर्दै बनेको वर्तमान सरकारले चुनाव गराउन नसक्ने समेत बताएका हुन ।

CG

जेनजी आन्दोलनको क्रममा अपराधीहरु जेलबाट फरार भएको र हतियार लुटिएको अवस्थामा मुलुकमा अहिले पनि भयको वातावरण रहेको धारणा व्यक्त गरेका थिए । सरकारले मुलुकमा भयरहित वातावरणको सिर्जना गर्न नसकेकोले चुनाव हुने सम्भावना नरहेको उनको भनाइ छ ।

अधिकारीले प्रतिनिधिसभा पुनस्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयकालागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण गर्नुपर्ने बताए ।

प्रतिनिधिसभा पुनस्थापना भए तत्कालका लागि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको उनको भनाइ छ । पार्टी बलियो बनाउन अझै केपी ओलीकै नेतृत्व आवश्यक रहेको बताउँदै अधिकारीले आउने महाधिवेशनबाट केपी ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गरेका छन् । अधिकारीले संघीयतालाई बलियो बनाउन मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गर्दै दलहरु एकताबद्ध हुनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...