नेभिगेशन
सबै कुरा

यस्तो छ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि निर्वाचनको कार्यतालिका

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिने भएपछि निर्वाचन आयोगले आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पद रिक्त हुनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेका कारण आयोगले माघ ११ गते निर्वाचन गर्न लागेको हो । जसका लागि आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरेको छ । 

Ncell
Extreme Energy

आयोगले स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिनेछ भने मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ । 

त्यस्तै पुस १६ गते निर्वाचन क्षेत्रका लागि अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने भएको छ । 

आयोगले माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...