नेभिगेशन
सबै कुरा

यस्तो छ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि निर्वाचनको कार्यतालिका

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिने भएपछि निर्वाचन आयोगले आउँदो माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पद रिक्त हुनु ३५ दिन अघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेका कारण आयोगले माघ ११ गते निर्वाचन गर्न लागेको हो । जसका लागि आयोगले निर्वाचन कार्यतालिकासमेत स्वीकृत गरेको छ । 

Ncell
Extreme Energy

आयोगले स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि मंसिर २२ गते सूचना प्रकाशन गरिनेछ भने मंसिर २४ गतेदेखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरिनेछ भने स्वीकृत दलको नामावली पुस ४ गते नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने भएको छ । 

त्यस्तै पुस १६ गते निर्वाचन क्षेत्रका लागि अधिकृत नियुक्त गर्ने र सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिने भएको छ । 

आयोगले माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान गर्ने समय तोकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक...
जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न...
नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

नितान्त पारिवारिक भ्रमण हो, खिचडी नपकाउन अनुरोध छः रवि लामिछाने

उनले भने, ‘पहिलेदेखि नै जाने एउटा भाकल पनि थियो । धार्मिक एउटा आस्था, विश्वास, पारिवारिक एउटा संस्कार पनि, मेरो परिवार पनि अध्यात्मिक पनि भएको हुनाले, यो सबै कारणले...
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच बदलिदोँ विश्व परिस्थितिलाई लिएर रोचक प्रश्नोत्तर (पूर्णपाठ)

समिटको 'द जियोपोलिटिक्स् अफ सोभरेन चोइस' शीर्षकको प्यानलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर प्रमुख वक्त्ता थिए । सोहीक्रममा उपस्थित अतिथिकोतर्फबाट नेपालका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई पनि जयशंकरको विचारमाथि प्रश्न...