नेभिगेशन
मुख्य समाचार

विश्व अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।
दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन...
दुई महिनाको अवधिमा सात अर्ब ३६ करोडको मालवस्तु आयात

दुई महिनाको अवधिमा सात अर्ब ३६ करोडको मालवस्तु आयात

रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो...
आफुले घोषणा गरेको आन्दोलन नरोकिने दुर्गा प्रसाईंको उद्घोष

आफुले घोषणा गरेको आन्दोलन नरोकिने दुर्गा प्रसाईंको उद्घोष

सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले आफुहरुको मागका बारेमा सरकारलाई जानकारी गराउदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन ।