नेभिगेशन
मुख्य समाचार

सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौँ । सर्वोच्च अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत सोमबारदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

“मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेकाले पेसी तारेखको मिति आउन बाँकी रहेका ती मुद्दाको मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ”, पूर्ण बैठकले भनेको थियो, “अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्‍याई सुनुवाइ गरिने बेहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकार भएकाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

अवरुद्ध भएका सेवा सुरु हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याई पाउको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ आजदेखि सुरु भएको सर्वोच्च अदालतले जनाएको छ ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्ण रूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

राजदूत फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको हो ।
दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन...
दुई महिनाको अवधिमा सात अर्ब ३६ करोडको मालवस्तु आयात

दुई महिनाको अवधिमा सात अर्ब ३६ करोडको मालवस्तु आयात

रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो...
आफुले घोषणा गरेको आन्दोलन नरोकिने दुर्गा प्रसाईंको उद्घोष

आफुले घोषणा गरेको आन्दोलन नरोकिने दुर्गा प्रसाईंको उद्घोष

सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले आफुहरुको मागका बारेमा सरकारलाई जानकारी गराउदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन ।