नेभिगेशन
मुख्य समाचार

दलितका अधिकार सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई समितिको निर्देशन

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयकलाई छिटो अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेका समिति बैठकले नेपालको संविधान धारा ४० बमोजिम दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमा वारेमा छलफल गर्दै छिटो उक्त विधेयक अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा समिति सदस्यहरुले उक्त विधेयकलाई अघि बढाउन सहजताका लागि सरकारलाई मस्यौदा सुझाव प्रतिवेदन दिएपनि सरकारले वेवास्ता गरेको आरोप लगाएका थिए ।

समिति सदस्य बामदेव गौतमले मुलुकमा ठूलो परिवर्तन आएपनि दलित समुदायको अधिकारका लागि कोहि पनि गम्भीर हुन नसकेको बरु थिचोमिचो बढ्दै गएको बताए ।

त्यस्तै अन्य सदस्यहरुले दलित समुदायका नाममा हुने बिभेद अन्त्य गर्न कानूनमा नै सुधार गर्नुपर्ने धारणा राखेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

एनपिएल उद्घाटन खेलमा जनकपुरमाथि काठमाडौँको जित

जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

फ्लडलाइटमा रात्रिकालिन क्रिकेटको मजा लिदैं दर्शक(तस्बिहरु)

कीर्तिपुरका सोमबार एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल–२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।
नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्नेः महासचिव पोखरेल

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तक्र्रियामा महासचिव पोखरेलले एमाले चूनावबाट भाग्ने पार्टी नभएको तर नहुने चूनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताएका हुन ।
प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका  एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय मुद्राकोषका एसिया विभाग निर्देशक श्रीनिवासनबीच शिष्टाचार भेट

सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसंग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन् । सोमबार सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले शिष्टाचार भेट...

भर्खरै