नेभिगेशन
मुख्य समाचार

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । सिद्धिचरण राजमार्गकोको कटारी–घुर्मी सडक खण्ड तत्काल स्तर उन्नतिको माग गर्दै कटारीका स्थानीय युवाहरू शुक्रबार सिंहदरबार पुगेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि दैनिक जीवनसम्म प्रभावित बन्दै आएको उक्त सडक अहिले ठाउँ–ठाउँमा खाल्डाखुल्डीले भरिएको छ।

CG

धुलो–धुवाँका कारण स्थानीयमा स्वास्थ्य समस्या देखिन थालेको छ। धूलो धुवाँको कारण फोहोर पानी पिउन बाध्य भएका छन् । वर्षेनी सडक दुर्घटना परी सयौंले ज्यान गुमाइसकेका छन्।

चुनावका बेला नेताहरूले यही सडक बनाइदिने आश्वासन लिएर भोट मागे पनि वर्षौँसम्म कुनै ठोस पहल नहुँदा स्थानीय युवाहरू भौतिक मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन्।

सडक संघर्ष समितिका संयोजक लीलबहादुर खत्री (सन्जीव) का अनुसार मन्त्री घिसिङले सडक निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

“केही दिनअघि हामीले दबाब दिन सडक बन्द समेत गरेका थियौँ। आज मन्त्रीज्यूबाट आएको प्रतिबद्धतापछि अब सडक निर्माण अघि बढ्ने विश्वास गरेका छौँ,” संयोजक खत्रीले बताए।

कटारी–घुर्मी सडक तराई सँग  ओखलढुंगा, खोटाङ, सोलुखुम्बुजस्ता पहाडी जिल्ला जोड्ने महत्वपूर्ण पूर्वाधार हो। सडक जीर्ण हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर पुग्न सकस छ। उपचार र आपतकालीन सेवा पनि प्रभावित हुँदै आएको युवाहरूको भनाई छ।

खत्रीले भने, “हामी वर्षौँ नेताको भर परेर बस्यौँ। नेताहरूले भोट माग्न यो सडकलाई मात्र प्रयोग गरे, बनाउन कहिल्यै चासो दिएनन् । त्यसैले यो पटक कांग्रेस–एमाले सरकार ढलेपछि बनेको नागरिकको सरकारसँगै हाम्रो समस्या लिएर सिंहदरबार आएका हौँ। यो सरकारले हाम्रो पीडा सुन्नेछ भन्ने विश्वास छ,”।

युवाहरुले सरकारलाई सडक निर्माण तत्काल सुरु गरी जनताको दीर्घकालीन समस्या समाधान गर्न अनुरोध गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् केन्द्रीय सदस्यमा दृष्टिविहीन तारा न्यौपाने नियुक्त, मन्त्री गुप्ताले गराए शपथ

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ अनुसार चार वर्षे कार्यकालका लागि परिषद्को केन्द्रीय सदस्यमा मनोनयन गरिएका न्यौपानेले युवा तथा खेलकुद मन्त्री बाब्लु गुप्ताबाट औपचारिक रूपमा सपथ ग्रहण गरेका हुन्...
तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

तनहुँको फोहोरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र एक महिलाको शव फेला, एक जनाको सनाखत

आज बिहान प्रशोधन केन्द्रका एक कर्मचारीले कम्पाउण्डबाहिर दुई पुरुषको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलचौतारालाई खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्दा प्रशोधन केन्द्रबाहिरै...
रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

रास्वपासँग ठूलो पद मागेको थिइनँः कुलमान घिसिङ

‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ । म रास्वपाको साधारण सदस्य भएर...
बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

बालेनले रविलाई भनेका थिए: म त थाकिसकेको हुँ

‘उहाँसँग सहमति नै हुन सक्दैन । म सहमतिको प्रयास गर्दा गर्दै पहिल्यै थाकिसकेको हुँ,’ कुलमानसागको एकता भंगबारे रास्वपा उच्च स्रोतले सिधाकुरासँग भन्यो ।

भर्खरै