नेभिगेशन
समाज

कटारी–घुर्मी सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । सिद्धिचरण राजमार्गकोको कटारी–घुर्मी सडक खण्ड तत्काल स्तर उन्नतिको माग गर्दै कटारीका स्थानीय युवाहरू शुक्रबार सिंहदरबार पुगेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी उनीहरूले जीर्ण अवस्थामा रहेको सडक तत्काल सुधार गर्न माग गरेका छन् ।वर्षौँदेखि धुलाम्य र हिलाम्मे अवस्थाका कारण सवारी–साधन सञ्चालनदेखि दैनिक जीवनसम्म प्रभावित बन्दै आएको उक्त सडक अहिले ठाउँ–ठाउँमा खाल्डाखुल्डीले भरिएको छ।

Ncell
Extreme Energy

धुलो–धुवाँका कारण स्थानीयमा स्वास्थ्य समस्या देखिन थालेको छ। धूलो धुवाँको कारण फोहोर पानी पिउन बाध्य भएका छन् । वर्षेनी सडक दुर्घटना परी सयौंले ज्यान गुमाइसकेका छन्।

चुनावका बेला नेताहरूले यही सडक बनाइदिने आश्वासन लिएर भोट मागे पनि वर्षौँसम्म कुनै ठोस पहल नहुँदा स्थानीय युवाहरू भौतिक मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका हुन्।

सडक संघर्ष समितिका संयोजक लीलबहादुर खत्री (सन्जीव) का अनुसार मन्त्री घिसिङले सडक निर्माणका लागि एक महिनाभित्र ठेक्का प्रक्रियामा जाने प्रतिबद्धता व्यक्त गरेका छन्।

“केही दिनअघि हामीले दबाब दिन सडक बन्द समेत गरेका थियौँ। आज मन्त्रीज्यूबाट आएको प्रतिबद्धतापछि अब सडक निर्माण अघि बढ्ने विश्वास गरेका छौँ,” संयोजक खत्रीले बताए।

कटारी–घुर्मी सडक तराई सँग  ओखलढुंगा, खोटाङ, सोलुखुम्बुजस्ता पहाडी जिल्ला जोड्ने महत्वपूर्ण पूर्वाधार हो। सडक जीर्ण हुँदा पहाडी जिल्लाका सर्वसाधारणलाई प्रदेश राजधानी विराटनगर पुग्न सकस छ। उपचार र आपतकालीन सेवा पनि प्रभावित हुँदै आएको युवाहरूको भनाई छ।

खत्रीले भने, “हामी वर्षौँ नेताको भर परेर बस्यौँ। नेताहरूले भोट माग्न यो सडकलाई मात्र प्रयोग गरे, बनाउन कहिल्यै चासो दिएनन् । त्यसैले यो पटक कांग्रेस–एमाले सरकार ढलेपछि बनेको नागरिकको सरकारसँगै हाम्रो समस्या लिएर सिंहदरबार आएका हौँ। यो सरकारले हाम्रो पीडा सुन्नेछ भन्ने विश्वास छ,”।

युवाहरुले सरकारलाई सडक निर्माण तत्काल सुरु गरी जनताको दीर्घकालीन समस्या समाधान गर्न अनुरोध गरेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकार दल, संसद् र जनतासँग संवाद गर्न तयार छैन : शंकर पोखरेल

सरकार दल, संसद् र जनतासँग संवाद गर्न तयार छैन : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार राजनीतिक दल, संसद् र जनतासँग संवाद गर्न तयार नरहेको आरोप लगाएका छन्।
कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्ने समय आएको छ : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्नुपर्ने समय आएको बताएका छन्।
वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

वर्तमान व्यवस्था र संविधानका कमजोरी सुधारेर अघि बढ्नुपर्छ– राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्था र संविधानमा रहेका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन : शरतसिंह भण्डारी

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता शरतसिंह भण्डारीले नेपाली जनताले कुनै पनि बहानामा ‘नियन्त्रित लोकतन्त्र’ स्वीकार नगर्ने बताएका छन्।

भर्खरै