नेभिगेशन
समाज

एनपीएलका आज दुई खेल हुदैं

काठमाडौँ । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार दुई खेल हुँदैछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

Ncell
Extreme Energy

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।
दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।
१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने थलो बन्नुपर्ने बताएकी छन्।
महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।