नेभिगेशन
मुख्य समाचार

एनपीएलका आज दुई खेल हुदैं

काठमाडौँ । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार दुई खेल हुँदैछन् ।

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र  पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

CG

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् । यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा  यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

डिजेल र मट्टीतेलको मूल्य लिटरमै ३ रुपैयाँले बढ्यो

निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ  भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले...
‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

‘नयाँ खोज्ने नाममा देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन’–कांग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा जानकारी दिन कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ खोज्ने नाममा देशलाई प्रयोशाला बनाउन नहुने धारणा राखे...
संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

संसद् पुनस्थापनाको मुद्दा अबिलम्व फैसला गर्न एमाले अध्यक्ष ओलीको माग

उनले सरकारले जे गर्दा पनि हुन्छ भन्ने सोच्यो भने त्यो देश र सरकारकै लागि पनि अनिष्ट हुने चेतावनी दिए । फागुन २१ गते निर्वाचनको मिति तय गरिएपनि हिमाली...
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)...