नेभिगेशन
समाज

अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानी सुविधा उपलब्ध

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णका दुई सय ३८ परिवारको पिउने पानी समस्या समाधान भएको छ । कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाजले निर्माण गरेको अन्नपूर्ण–वाख्राङ–बाहुनगाउँ खानेपानी आयोजनाले यहाँको वर्षौँदेखिको समस्याको अन्त्य भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छ वटा मुहानको पानी सङ्कलन गरेर बस्तीभरिका घरघरमा पुर्याइएको छ । आयोजनामा २६ हजार ९५ मिटर पाइप लाइन, १५ वटा सङ्कलन ट्याङ्की र नौवटा वितरण ट्यांकी निर्माण गरिएको जनाइएको छ । खानेपानी आयोजना सम्पन्न भएर घरघरमा पानी आउन थालेपछि दैनिक जीवन सहज बनेको स्थानीय राजबहादुर राईले बताए ।

Ncell
Extreme Energy

आयोजनामा मूल्य अभिवृद्धि करसहित कुल रु दुई करोड १२ लाख एक हजार २१२ लागत लागेको वडाध्यक्ष पूर्णप्रसाद राईले जानकारी दिए । आयोजनामा रु ५२ लाख ६३ हजारबराबरको श्रमदान पनि गरिएको छ । गाउँपालिका उपाध्यक्ष रमादेवी राईले योजना सम्पन्न भएपछि यहाँका बासिन्दाको पुरानो समस्या अन्त्य भएको बताए ।

उनका अनुसार गाउँपालिकामा धेरै आवश्यकता भए पनि आन्तरिक स्रोत सीमित हुँदा सबै योजनालाई एकैपटक सम्बोधन गर्न कठिनाइ हुँदै आएको छ । गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि तथा सडक पूर्वाधारमा प्राथमिकता निर्धारण गरेर योजनाबद्ध रूपमा काम भइरहेको बताए । भौगोलिक विकटताका कारण कतिपय ठाउँमा काम गर्न चुनौती रहेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

बाढीले डुबाएको घर सफा गर्दै ८४ वर्षीय दक्षिण कोरियाली स्वयंसेवक

विपद्का बेला मानवीय सहयोगका लागि भौगोलिक सीमा बाधक बन्दैन भन्ने सन्देश दिँदै दक्षिण कोरियाबाट आएको स्वयंसेवी टोलीले भोटेकोशी बाढी प्रभावित नुवाकोटमा घर तथा बस्ती सरसफाइको काम गरिरहेको छ।
दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दाउन्ने बस दुर्घटनाः मामा–भान्जाको निधनले एलगाउँ शोकमग्न

दसैँको पूर्वसन्ध्यामा दाउन्नेमा भएको बस दुर्घटनामा एकै गाउँका मामा–भान्जाको मृत्यु भएपछि बाँकेको खजुरा गाउँपालिका–२ एलगाउँ शोकमा डुबेको छ।
१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

१५औँ महाधिवेशन आत्मसमीक्षा र भविष्य तय गर्ने थलो बन्नुपर्छ : भुसाल

नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५औँ महाधिवेशन वर्तमान अवस्थाको समीक्षा गर्दै भविष्यको बाटो तय गर्ने थलो बन्नुपर्ने बताएकी छन्।
महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

महाधिवेशनले कांग्रेसलाई पुनर्जीवन दिएर पुस्तान्तरण गर्छ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १५औँ महाधिवेशनले पार्टीलाई पुनर्जीवन दिँदै नेतृत्वमा पुस्तान्तरण गर्ने बताएका छन्।