नेभिगेशन
समाज

मन्त्रीपरिषद्को निर्णयः अध्यादेश जारीदेखि जेन्जी आन्दोलनका घाइतेलाई तत्काल राहत उपलब्ध राइने

काठमाडौँ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैया तत्काल राहत रकम उपलव्ध गराउने निर्णय गरेको छ भने प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिव ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २ दशलमव १ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता खरेलले बताए ।

Ncell
Extreme Energy

त्यस्तै बैठकले नेपाल स्टक एक्स्चेन्स लिमिटेडको पुनसंरचना गर्न आवश्यक अध्ययन गरि सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेको उनले बताए । मन्त्रिपरिषद्ले माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम हुने गरि अध्यागमन नियमावलीमा हेरफेर गर्ने र सहीद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।