नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय समिति बैठक २ बजे बस्ने, यी हुन छलफल हुने १० एजेण्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्दैछ । 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन् । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ । यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल विस्तार गर्नेबारे छलफल गर्नेछ । 
साथै आजको बैठकले संविधान परिमार्जन कार्यदल संयोजक तोकर काम शुरु गर्न निर्देशन दिने जनाइएको छ । 
यस्तै, रास्वपाले मिडिया अध्ययन कार्यदल बनाउने तयारी गरेको छ । आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवम् विश्लेषण, केन्द्रीय तहमा नियमित ब्रिफिङ, आवश्यकता अनुसार घटना ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्न यो कार्यदल बनाउन लागिएको हो ।

Ncell
Extreme Energy

रास्वपा राजनीति अध्ययन कार्यदल बनाउने विषयमा छलफलमा जुट्ने भएको छ । राजनीतिक दल, समूह, शक्तिको गतिविधि नियमित अध्ययन एवम विश्लेषण, केन्द्रीय तहमा ब्रिफिङ, आवश्यकताअनुसार घटनाको ब्रिफिङ एवम् केन्द्रीय समितिको बैठकमा ब्रिफिङ यसको उद्देश्य हुने छ ।

यस्तै, आगामी निर्वाचनमा उम्मेदवार छनौट सिफारिस समिति विस्तारबारे पनि रास्वपाले छलफल गर्ने भएको छ । राजनीतिक दल–संगठन अध्ययन कार्यदल बनाउने, केन्द्रीय संगठन विभागबाट ठूला एवम् वैकल्पिक राजनीतिक दलहरूको संगठनको नियमित रणनीति अध्ययन गर्ने र जेन्जी युवा लक्षित अभियान चलाउनेबारे पनि आजको बैठकमा एजेन्डा बनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।