नेभिगेशन
समाज

पितृका नाममा पशुपति क्षेत्रमा शतबीज छरियो (तस्वीरहरु)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

1000311411-1763527470.jpg

Ncell
Extreme Energy

1000311406-1763527461.jpg

मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथमा आउँछन् । 

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गर्दछन् । 

1000311405-1763527457.jpg

1000311404-1763527456.jpg

1000311408-1763527466.jpg

शतबीज भनिएपनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ । 

"भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको जानकारहरु बताउँछन् ।

1000311396-1763527444.jpg

1000311397-1763527444.jpg

1000311398-1763527448.jpg

वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

सभामुख र सचेतकहरुका बीचमा के भयो छलफल ?

संघीय संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद (डीपी) अर्यालको ध्यानाकर्षण गराएका छन् ।
डाक्टरहरुले अब के गर्छन् ?

डाक्टरहरुले अब के गर्छन् ?

वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका चिकित्सकहरुले भोलिदेखि कस्तो आन्दोलन गर्ने भनेर छलफल थालेका छन् ।
लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडित आमरण अनशनमा, सहकारी पीडित जुलुसमा

लघुवित्त पीडितहरुले आमरण अनशन सुरु गरिरहँदा सहकारी पीडितहरुले पनि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउँदै गएका छन् ।