नेभिगेशन
समाज

जेनजी र एमालेका युवासंघका कार्यकर्ताको झडपपछि सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने कार्यक्रम तय भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुलाई रोक्नको लागि विमानस्थल क्षेत्रमा जेनजी युवाहरु जम्मा भएका छन् । 

Ncell
Extreme Energy

यसअघि एमालेका युवा संघका कार्यकर्ताहरुले जेनजीहरुमाथि हातपात गरेको बताइएको छ । त्यसपछि बाराको अवस्था तनावग्रस्त हुनसक्ने आँकलन गर्दै बारा प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । 

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन र राजनीतिक दल आवद्ध समूहहरुको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन साथै परिस्थिति थप विग्रन नदिन आज दिउँसो १२ः३० बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो । 

simara-airport-1763535462.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।