नेभिगेशन
समाज

सिमरा विमानस्थलमै शंकर पोखरेल र महेश बस्नेतलाई कालोमासो दल्ने योजनामा थिए जेनजी युवा, अनि रोकियो बुद्ध एयरको उडान

बारा । नेकपा एमालेका महासचिव शंकर पोखरेल र  नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजी समूहका युवाहरूले विरोध गरेका छन् । बस्नेत सहभागी हुने भनिएको परवानीपुरस्थित कार्यक्रममा उनी अहिलेसम्म नआए पनि विरोध प्रदर्शनले वातावरण तनावग्रस्त बनेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिमराका जेनजी समूहका युवाहरूले बिहानैदेखि सिमरा विमानस्थल घेराउ गर्दै विरोध जनाइरहेका छन्। विमानस्थल सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ ।

Ncell
Extreme Energy

नेता बस्नेतलाई स्वागत गर्न विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेताहरू उपस्थित छन् । अहिले प्रदर्शनकारीहरू सिमरा विमानस्थलको धावनमार्गमै प्रदर्शन गरिरहका छन् । एमाले महासचिव पोखरेल र महेश बस्नेत लगायतका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने तयारी गरिएको जेनजी युवाहरुले बताएका थिए । 

बस्नेत बारा आउने सूचना सार्वजनिक भएपछि मंगलबारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम घोषणा गरेका थिए ।

यता महासचिव पाखेरेल र बस्नेत सवारी बुद्ध एयरको विमान सुरक्षाको कारण उडान गर्न नसकिने भन्दै धावनमार्गबाट पार्किङमा ल्याइएको छ । सोहि विमाानमा सवार पत्रकार राजन कुइँकेलका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरकि तर्फ सिमरा उड्न लागेको विमानमा नेताहरु पनि थिए । तर सिमरा विमानस्थल बाहिर प्रदर्शन चर्किएपछि उनीहरुसहित यात्रुहरुलाई अहिले फेरी विमानस्थलमै राखिएको छ ।

बुद्ध एयरले सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान नहुने जानकारी दिएको छ ।  प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको जानकारी गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

कांग्रेस १५औँ महाधिवेशनः १४ जिल्लामा आज वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ ।
एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

एमाले केन्द्रीय कमिटी आज पनि बस्दै, ओलीको कार्यशैलीको प्रतिवाद गर्न पोखरेललाई आग्रह

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक मंगलबार पनि बस्दैछ।
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।