नेभिगेशन
मुख्य समाचार

सिमरा विमानस्थलमै शंकर पोखरेल र महेश बस्नेतलाई कालोमासो दल्ने योजनामा थिए जेनजी युवा, अनि रोकियो बुद्ध एयरको उडान

बारा । नेकपा एमालेका महासचिव शंकर पोखरेल र  नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि जेनजी समूहका युवाहरूले विरोध गरेका छन् । बस्नेत सहभागी हुने भनिएको परवानीपुरस्थित कार्यक्रममा उनी अहिलेसम्म नआए पनि विरोध प्रदर्शनले वातावरण तनावग्रस्त बनेको छ ।

सिमराका जेनजी समूहका युवाहरूले बिहानैदेखि सिमरा विमानस्थल घेराउ गर्दै विरोध जनाइरहेका छन्। विमानस्थल सुरक्षाका लागि जनपथ र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ ।

CG

नेता बस्नेतलाई स्वागत गर्न विमानस्थलमा पूर्व मन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेताहरू उपस्थित छन् । अहिले प्रदर्शनकारीहरू सिमरा विमानस्थलको धावनमार्गमै प्रदर्शन गरिरहका छन् । एमाले महासचिव पोखरेल र महेश बस्नेत लगायतका अन्य नेता विमानबाट ओर्लिने बित्तिकै कालोमोसो दलेर बजार घुमाउने तयारी गरिएको जेनजी युवाहरुले बताएका थिए । 

बस्नेत बारा आउने सूचना सार्वजनिक भएपछि मंगलबारदेखि नै जेनजी युवाहरूले सामाजिक सञ्जालमार्फत विरोध कार्यक्रम घोषणा गरेका थिए ।

यता महासचिव पाखेरेल र बस्नेत सवारी बुद्ध एयरको विमान सुरक्षाको कारण उडान गर्न नसकिने भन्दै धावनमार्गबाट पार्किङमा ल्याइएको छ । सोहि विमाानमा सवार पत्रकार राजन कुइँकेलका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरकि तर्फ सिमरा उड्न लागेको विमानमा नेताहरु पनि थिए । तर सिमरा विमानस्थल बाहिर प्रदर्शन चर्किएपछि उनीहरुसहित यात्रुहरुलाई अहिले फेरी विमानस्थलमै राखिएको छ ।

बुद्ध एयरले सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान नहुने जानकारी दिएको छ ।  प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको जानकारी गराइएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

भन्सार छली गरी अवैध तरिकाले नेपाल ल्याइएको नक्कली खुकुरी चुरोट बरामद

नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको गाडीमा शंका लागि तलासी गर्दा अन्दाजी बजार मूल्य १ लाख ७९ हजार बराबरको नककली खुकुरी चुरोट र लेडिज सुट बरामद गरेको हो । उक्त...
रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

रास्वपाबाट राजनीतिमा सक्रिय भए प्रकाश सपुत

आफूले मैले बडो दुःख, संघर्ष, मेहेनेत र धैर्यताले टिकाएको कला सिर्जना मार्फत रिझाएका विभिन्न दलमा आस्था राख्ने थु्प्रै दर्शक स्रोताको मन दुखाएर रवि र बालेनसँग हातेमालो गरेको उल्लेख...
‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

‘पोष्टमार्टम’का लगि अस्पतालमा राखिएको शव अर्कैले बुझेर अन्त्यष्टि गरेपछि...

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजापाठ

मन्दिरमा उनले विधिपूर्वक पूजा–अर्चना गर्दै देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेको जनाइएको छ । पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी हुनुभएको थियो । उनको आगमनका क्रममा मन्दिर परिसरमा...