नेभिगेशन
मुख्य समाचार

विपद् सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरुलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।

मानवजीवन र सम्पतीको सुरक्षा सवैको उत्तदायित्व भएकाले कार्ययोजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजि क्षेत्र लगाएत सवैबीच समन्वय हुनुपर्ने उनले बताए । उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्वसूचनाको पहुँच पुराउदै प्रारम्भीक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्दारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए ।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरि तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्ययोजना बनाएको छ । शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनिकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थीत र प्रभावकारी बनाउने प्राधिकरणको कार्ययोजना रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको छः अर्थमन्त्री खनाल

मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको छः अर्थमन्त्री खनाल

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा अर्थमन्त्री खनालले कर प्रशासन प्रविधिमैत्री बनाउदै एउटै बिन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने, चुक्ता...
रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन् । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको...
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित

एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित

यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ । जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल...
सिमरा विमानस्थल तनावग्रस्त बनेपछि बुद्ध एयरको बाँकी उडान स्थगित

सिमरा विमानस्थल तनावग्रस्त बनेपछि बुद्ध एयरको बाँकी उडान स्थगित

एयरलाइन्सले बुधबार एक सुचना जारी गर्दै बुधबारका बाँकी उडान रद्द गरेको हो । एयरलाइन्सले असहज परिस्थितिका कारण बुधबारको सम्पूर्ण सिमरा उडान स्थगन गरिएको बुद्ध एयरलाइन्सका सुचना अधिकारी दिपेन्द्र...

भर्खरै