नेभिगेशन
समाज

विपद् सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्ययोजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरुलाई जोगाउनका लागि राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।

Ncell
Extreme Energy

मानवजीवन र सम्पतीको सुरक्षा सवैको उत्तदायित्व भएकाले कार्ययोजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजि क्षेत्र लगाएत सवैबीच समन्वय हुनुपर्ने उनले बताए । उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्वसूचनाको पहुँच पुराउदै प्रारम्भीक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्दारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए ।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरि तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्ययोजना बनाएको छ । शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनिकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थीत र प्रभावकारी बनाउने प्राधिकरणको कार्ययोजना रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।
कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।