नेभिगेशन
मुख्य समाचार

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । 
 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन् । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ ।

यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल विस्तार गर्नेबारे छलफल गर्नेछ । साथै आजको बैठकले संविधान परिमार्जन कार्यदल संयोजक तोकेर काम शुरु गर्न निर्देशन दिने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय...
केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।
सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व...
बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित...