नेभिगेशन
समाज

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय बनस्थलीमा बैठक सुरु भएको हो । 
 
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीति, संवाद एवम् सहकार्यका पहलबारे पार्टीमा छलफल हुने छन् । छलफल आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनकेन्द्रित हुने बताइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, पार्टी सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे समेत बैठकमा जानकारी गराइनेछ । बैठकमा सौराहामा भएको केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा हुने बताइएकोछ । विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने रास्वपाको तयारी छ ।

Ncell
Extreme Energy

यस्तै, रास्वपाले निर्वाचन केन्द्रित वाचापत्र बनाउन बनाएको कार्यदल विस्तार गर्नेबारे छलफल गर्नेछ । साथै आजको बैठकले संविधान परिमार्जन कार्यदल संयोजक तोकेर काम शुरु गर्न निर्देशन दिने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

स्वर्णिम वाग्लेले अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका वाग्लेलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।
कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

कांग्रेसको महाधिवेशन उद्‍घाटनमा ओली नजाने

नेपाली कांग्रेसको १५ औं महाधिवेशन उद्घाटनमा एमाले अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।