नेभिगेशन
मुख्य समाचार

मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको छः अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई व्यापक सुधार गर्ने दिशामा सरकार अघि बढेको जानकारी दिएका छन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक रुपान्तरणको मार्गचित्र कार्यक्रममा अर्थमन्त्री खनालले कर प्रशासन प्रविधिमैत्री बनाउदै एउटै बिन्दुबाट सबै प्रकारको कर भुक्तानी गर्ने पद्धतिको प्रारम्भ गर्ने, चुक्ता प्रमाणपत्रका आधारमा व्यवसाय नविकरण गर्ने, राष्ट्रिय परिचय पत्रबाट प्यान नम्बर लिन सकिने व्यवस्था गरिएको जानकारी दिए ।

उनले उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावलाई प्रभावकारी रुपमा क्रमश कार्यान्वयन गर्दै लैजाने उल्लेख गरे । अर्थमन्त्री खनालले सरकारलाई निर्वाचनको म्याण्डेड रहेकाले करका दर हेरफेरतर्फ गर्ने कुनै तयारी नभएको बताएका छन् ।

अव आउने निर्वाचित सरकारले नै करका दर पुनरावलोकन गरोस भन्ने अर्थ मन्त्रालयको चाहना रहेको उनको भनाइ छ । उनले निर्वाचन आचारसंहिता जारी भएपछि कुनै पनि नीति वा प्रशासनीक निर्णय गर्न नसक्ने स्पष्ट पारेका हुन ।

खनालले अबको केहिदिनमा प्रत्यक्ष अनुभूत हुने गरि आर्थिक क्षेत्रमा सुधार गर्ने आफ्नो प्रयास रहेको बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघले कर प्रणाली सुधारका लागि आर्थिक सुधार कार्यान्वयन कार्ययोजनाले दिएको सुझावलाई कार्यान्वयन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय...
केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।
सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व...
बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

बञ्चरेडाँडामा उपत्यकाको फोहर विसर्जनमा पुनः अवरोध

फोहर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए । फोहर विर्सजनमा गरिएको अवरोध खुलाउन प्रभावित...