नेभिगेशन
मुख्य समाचार

सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सशस्त्र प्रहरी(चौथो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय गरिएको बारेमा जानकारी दिएका हुन ।

सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ भने ईन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल  गरिने सवारी साधनको हकमा तीन बर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत सरकारले गरेको छ ।

त्यस्तै मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको सपथ र मंसिर १० गते नया दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानून मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको थियो। यो सँगै उनको सभामुखको पद पनि गएको छ...
अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय...
केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।