नेभिगेशन
मुख्य समाचार

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौँ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्‍न भएको छ ।

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले अरुण–३ जलविद्युत परियोजना (९०० मेगावाट) को सोझै सम्झौताको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आव्हान नगरिएको प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत रु. १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डको कार्यालयको लागि चालु आर्थिक वर्ष २०८२ र ८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गरेको हो ।

बैठकमा माननीय अर्थ मन्त्री तथा बोर्डका उपाध्यक्ष श्री रामेश्वर प्रसाद खनाल, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री कुलमान घिसिङ, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री अनिलकुमार सिन्हा, नेपाल सरकारका मुख्यसचिव श्री एकनारायण अर्याल, नेपाल राष्ट्र बैङ्‍कका गभर्नर डा. विश्‍वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका सचिव श्री राजकुमार श्रेष्‍ठ लगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त

बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको थियो। यो सँगै उनको सभामुखको पद पनि गएको छ...
अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले...
केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

केपी ओलीको प्रश्नः दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको जवाफ सरकारसँग छ ?

ओलीले मध्यरातमा सुतिरहेको मानिसलाई आतङ्कित बनाएर पक्राउ गर्नु मानवता विरुद्धको काम भएको बताए । वर्तमान सरकारको कुनै बैधानिकता नरहेको दोहराउदै उहाले संसद पुनस्थापनाको बिकल्प नभएको जिकिर गरे ।
सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिदैनः ओली

बुधबार ललितपुरमा आयोजित एमाले स्थानीय विकास विभागको स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा विमानस्थलमा तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूह अपराधिक तत्व...