नेभिगेशन
समाज

सिंहदरबारमा लगानी बोर्डको बैठक सम्पन्न, यस्ता छन् निर्णय

काठमाडौँ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्‍न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबारको बोर्ड बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत परियोजना (४३९ मेगावाट) (अनुमानित लागत नेपाली रु. ९३,४०७,६३६,०००) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

Ncell
Extreme Energy

बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै, तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले अरुण–३ जलविद्युत परियोजना (९०० मेगावाट) को सोझै सम्झौताको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌मा प्रस्ताव पेश गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आव्हान नगरिएको प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत रु. १६ अर्ब) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डको कार्यालयको लागि चालु आर्थिक वर्ष २०८२ र ८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्ने निर्णय गरेको हो ।

बैठकमा माननीय अर्थ मन्त्री तथा बोर्डका उपाध्यक्ष श्री रामेश्वर प्रसाद खनाल, माननीय ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री श्री कुलमान घिसिङ, माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री अनिलकुमार सिन्हा, नेपाल सरकारका मुख्यसचिव श्री एकनारायण अर्याल, नेपाल राष्ट्र बैङ्‍कका गभर्नर डा. विश्‍वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका सचिव श्री राजकुमार श्रेष्‍ठ लगायत उच्चपदस्थ अधिकारीहरुको उपस्थिति जनाएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

साना तथा मझौला आयोजना प्रवर्द्धन गर्न पिपिए खुला

साना तथा मझौला आयोजनाको विकास र प्रवर्द्धन गर्ने एवम् लगानीका विस्तारका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उक्त निर्णय गरेको जनाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले साना तथा...
नेपालको आर्थिक विकासमा नेपाली चलचित्र उद्योगले थप योगदान पुर्‍याउन सक्छः राष्ट्रपति पौडेल

नेपालको आर्थिक विकासमा नेपाली चलचित्र उद्योगले थप योगदान पुर्‍याउन सक्छः राष्ट्रपति पौडेल

शुक्रबार शितल निवासमा चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्‍याउन...
सरकारद्वारा पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

सरकारद्वारा पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री वालेन्द्र शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत

वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको उल्लेख गर्दै उनले सोचविचार गरेर दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको बताए। अर्थमन्त्री डा वाग्लेले आफूहरु...