नेभिगेशन
मुख्य समाचार

अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम(एलएफटी)को छैटौँ संस्करण बुधबारदेखि सुरु भएको छ ।

जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलसँग उक्त कार्यक्रमका लागि नेपाल आउनुभएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल  स्कोट ए वीन्टरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जाएको छ ।

यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

तोकिएको समयमा निर्माणकार्य नसकेका २५० भन्दा बढि सडकको ठेक्का तोड्ने प्रक्रियामाः मन्त्री घिसिङ

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सूचारु गर्नुपर्ने माग गर्दै युवाहरुको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृतिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५०...
तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न काँग्रेस महाधिवेशन पक्षधरको माग

तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न काँग्रेस महाधिवेशन पक्षधरको माग

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै तत्काल पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको हो ।...
नेकपा र जसपाबीचको  एकता वार्ता निर्णायक दिशामा

नेकपा र जसपाबीचको  एकता वार्ता निर्णायक दिशामा

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए । वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल,...
स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको ७ सदस्यीय वाचापत्र लेखन कार्यदल विस्तार

स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाको ७ सदस्यीय वाचापत्र लेखन कार्यदल विस्तार

सदस्यहरूमा पूर्व सांसद तथा केन्द्रीय सदस्य सोविता गौतम,राम गुरुङ, क्रान्ति शिखा धिताल,नन्दन यादव अरनिको पाँडे र गणेश कार्की रहेका छन् ।

भर्खरै