नेभिगेशन
समाज

अमेरिकी सेनासँगको अनुभव आदानप्रदानसंगै सहयोग सम्बन्धी छलफल सुरु

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र अमेरिकी सेनाबीच सन् २०१८ देखि सञ्चालन हुँदै आइरहेको नेपाल–अमेरिका स्थल सेनाबीच अनुभव साटासाट तथा छलफल कार्यक्रम(एलएफटी)को छैटौँ संस्करण बुधबारदेखि सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जङ्गी अड्डामामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्यलगायत विषयहरूमा अनुभव तथा सहयोग आदानप्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Ncell
Extreme Energy

प्रधानसेनापति अशोकराज सिग्देलसँग उक्त कार्यक्रमका लागि नेपाल आउनुभएका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका टोली प्रमुख लेफ्टिनेन्ट जनरल  स्कोट ए वीन्टरले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तानलगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जाएको छ ।

यस्ता अनुभव आदान प्रदान कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाबीच रही आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने सेनाले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

कृष्णभीर माथिको डाँडामा रुख काट्न थालियो

भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकिन गर्न सकिने मिश्रले बताए ।
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली ‘थ्री ए’ को टनेलभित्र नेपाली सेना प्रवेश, उद्धार प्रयास जारी

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ उद्धारका लागि नेपाली सेना टनेलभित्र प्रवेश गर्न सफल भएको छ ।
संसद्लाई फेरि एक साता विश्राम

संसद्लाई फेरि एक साता विश्राम

सभामुख डोलप्रसाद (डीपी) अर्यालले अर्को बैठक २०८३ भदौ २४ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित गरे ।