नेभिगेशन
मुख्य समाचार

एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित ग¥यो ।

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २÷२ विकेट हात पारे । 

CG

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा  बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए । 

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई÷दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

बालेनको घरमा चोरीः सिसीटिभी फुटाएर डिभीआर देखि धाराको टुटीसम्म चोरे

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका सिसीटिभी क्यामेरा फुटाएका छन् भने फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन चोरेर लगेका छन् ।
तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत  (तस्बिरहरु)

तराई/मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत (तस्बिरहरु)

आयोजना अन्तर्गतका महादेव डाँडा, धेद्रे, लेनडाँडा, चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरमा बनाइने सातमध्ये पाँचवटा सुरुङ निर्माणाधीन छन् । हालसम्म मकवानपुरको धेद्रे तथा लेनडाँडाका (दुईतर्फी) चारवटा सुरुङ (ब्रेक–थ्रु) भइसकेको...
कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

महाशाखाका अनुसार तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ छ र बाँकी भू–भागमा मौसम  मुख्यतया सफा रहने छ ।
निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

निर्वाचन ३३ दिन बाँकीः आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो

आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम् भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनीकार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउन पहल भइरहेको...

भर्खरै