नेभिगेशन
समाज

एनपिएलः सुदूरपश्चिमको विजयी सुरूआत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ । सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित ग¥यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६ दशमलव ५ ओभरमा ११८ रनमा अलआउट भयो । काठमाडौँका आकाश त्रिपाठीले सर्वाधिक ३४,जोन सिम्पसोनले २४ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका लागि बलिङमा हर्मित सिंह, हेमन्त धामी र स्कट कुइगलेनले २÷२ विकेट हात पारे । 

Ncell
Extreme Energy

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो ।

सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा  बलमै २ चौका र ६ छक्काको सहयोगमामा अर्धसतक बनाए । 

त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए ।

बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई÷दुई विकेट लिए । जीतसँगै सुदूरपश्चिमले २ अङ्क जोडेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

आजदेखि तीन दिन यी स्थानमा वर्षाको सम्भावना

कमजोर पश्चिमी वायुको प्रभावका कारण आजदेखि बुधबारसम्म काठमाडौंसहित पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् बिनोद पोखरेलले बताएका छन्।
काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सम्झौताअनुसार सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न नगर्ने जुम्लाका छ निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोटमा विपत्ति, ६३ घरमा क्षति

गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

आजदेखि कांग्रेस महाधिवेशन, ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्।