नेभिगेशन
समाज

यस वर्ष तनहुँमा मकै उत्पादनमा वृद्धि

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन् । यहाँ आउने जोकोही थाङ्ग्रोे देखेर अचम्म मान्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दरै सामुदायिक घरबासका सञ्चालक आशा दरैले भनिन्, “यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन् । विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो । यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ ।” यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन् ।

Ncell
Extreme Energy

विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो । यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए ।

आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो । २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व तीन दशमलव ०१ रहेको थियो । आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भए

बाली विकास अधिकृत परियारले भने, “तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो । जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो”, । तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ । सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली कोरलानाका हुँदै शनिबार उपल्लो मुस्ताङको लोमान्थाङ आइपुगेको छ।
तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

तीन उपसभापति भए आङ्देम्बेले पनि उम्मेदवारी दिने

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरेर तीन जना उपसभापतिको व्यवस्था गरिए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अघिल्ला महाधिवेशनभन्दा केही फरक हुने भएको छ। विशेष महाधिवेशनबाट विधानमा गरिएका संशोधन कार्यान्वयन गर्दै कांग्रेसले यसपटक प्रतिनिधित्वको संरचनादेखि महाधिवेशन सञ्चालन, बहस र प्रचारशैलीसम्म नयाँ...
गोविन्द भट्टराई उपसभापतिमा लड्ने

गोविन्द भट्टराई उपसभापतिमा लड्ने

नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।