नेभिगेशन
समाज

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुर । भोजपुरका किसान यो समयमा कोदो थन्काउने काममा व्यस्त छन्। धान भण्डारणको काम सकिएलगत्तै किसानहरू कोदो भण्डारणमा कार्यमा जुटेका हुन्। कोदो भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ ।

कोदो खेती भोजपुर नगरपालिकाको भँगेरी, बोखिम, दुम्सीका, दावासँगै जिल्लाका सबै स्थानीय तहमा गरिन्छ। व्यवसायिक रूपमा खेती गर्ने किसान कम भए पनि घरायसी प्रयोजनका लागि अधिकांश किसान वर्षेनी कोदो रोप्ने गर्छन्। हाल स्थानीय बजारमा कोदो प्रतिकेजी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

CG

पुरानो रैथाने बाली भएकाले वर्षेनी कोदो लगाइरहेको किसान धनबहादुर थापा बताए । गाउँघरका किसान यो समयमा कोदो पिप्ने, कोदोको घाँस थक्याउने, कोदो कुट्ने काममा व्यस्त रहेको उनको भनाइ छ । यस वर्ष वर्षातका कारण कोदो लडेकाले टिप्न अलि समस्या रहेको किसानको भनाइ छ  ।

“गाउँघरमा अहिले कोदो थन्काउने चटारो छ” उनले भने, “ व्यवसायिक रूपमा नभएपनि घरायसी आवश्यकता पूरा गर्न कोदो रोप्ने चलन हाम्रो ठाउँमा अझै छ।” श्रम धेरै लाग्ने र उत्पादन कम हुने भएकाले यसतर्फ किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ। कोदाको मूल्य स्थिर नहुँदा पनि बेचबिखनमा समस्या हुने गरेको किसानहरूको गुनासो छ ।

कोदोबाट रोटी, ढिंडो, केक, पेय पदार्थदेखि विविध परिकार बनाउन सकिने भएकाले यसको माग स्थिर रहँदै आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष पाँच हजार २७० हेक्टर क्षेत्रमा कोदोखेती गरिएको थियो । यस वर्ष पनि सोही हाराहारीमा कोदो खेती भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको कार्यवाहक अध्यक्षको जिम्मेवारी सचिव पौडेललाई

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरि तोक्ने...
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार समानुपातिकतर्फको दुई करोड आठ लाख ५० हजार प्रति मतपत्र छपाइकार्य सम्पन्न भएको केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

राष्ट्रियसभा सदस्यको निर्वाचनः लुम्बिलीमा १६ जनप्रतिनिधिको मत बदर

यसैगरी नगरपालिका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षसमेत गरी २१७ मध्ये २०८ जना प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि मतदान गरेका थिए । जसमा १० मत बदर भएको...
आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

आचारसंहिता उल्लंघनका उजुरीमाथि आयोगद्वारा स्पष्टीकरण माग

त्यसको जवाफ पनि प्राप्त भएको छैन । यसै विषयमा आयोगले राष्ट्रिय खेलकुद परिषद्लाई पनि दुई दिनभित्र स्पष्टीकरण पेस गर्ने गरी माघ ८ गते नै स्पष्टीकरण सोधेको थियो ।...