नेभिगेशन
सबै कुरा

चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण, कुल ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा २३ खर्ब ५७ अर्ब ६ करोड नाघेको हो ।    

कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।     

चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ । 

यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।     

चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ । गत कात्तिक मसान्तसम्ममा सरकारले २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

अत्यावश्यक भएमात्र राहदानीका लागि आवेदन दिन परराष्ट्र मन्त्रालयको आग्रह

मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि राहदानी सेवा सञ्चालन हुनेगरी पूर्वाधार...
गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

गृहमन्त्रीद्वारा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।
विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

विप्लव नेकपाको काठमाडौँमा प्रदर्शन र जनसभा(तस्बिरहरु)

गत भदौमा भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने उद्देश्यका साथ आयोजना गरिएको नेकपाले बताएको छ ।
तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

तीनवर्षमा बन्नुपर्ने पुल, नौं वर्षमा पनि बनेन्

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने...