नेभिगेशन
सबै कुरा

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत : प्रधानन्यायाधीश श्रेष्ठ

११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताएका छन् ।           

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताएका हुन् ।    

‘यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ’, उनले भने, ‘एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेशी व्यवस्थापन कडी हो ।’ 

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गरे । 

उनले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले  बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अफताब आलमलाई सफाई दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाई दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई सफाई दिने फैसला विरुद्ध सकारी पक्ष सर्वोच्च गएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएको हो ।
पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

पूर्वन्यायाधीश बलराम केसीले गरे रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर

उनले आज दिउँसो रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेर रविको पक्षमा हस्ताक्षर गरेका हुन् ।
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले नवनियुक्ति न्यायाधीशहरु मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई शपथग्रहण गराएका हुन् ।
रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

रवि लामिछानेमाथिको प्रतिशोध विरुद्ध मधेशका पूर्व मुख्य न्यायाधिवक्ता झाले गरे हस्ताक्षर

'म उहाँको तर्फबाट बहस गर्ने वकिल पनि हुँ, मैले सबै फाइल अध्ययन गरेको छु, नेपाली जनतालाई स्पष्ट पार्न चाहान्छु की कुनै पनि फाइलमा उहाँ सहकारी ऋणी, सदस्य केहि...