नेभिगेशन
समाज

बारामा व्यवसायीकाे विभत्स हत्या

बारा । बाराको प्रसौनी गाउँपालिका–६ मा सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह प्रसौनीस्थित किरण वेबरेज का व्यवस्थापक हुन् ।

Ncell
Extreme Energy

घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा आसपासका स्थानीयवासीसँग बयान लिने काम अघि बढाइरहेको छ । “प्रारम्भिक अनुसन्धान अनुसार उनको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ,” डीएसपी पण्डितले भने, “घटना कसरी र किन भयो भन्ने सबै कोणबाट हामी अनुसन्धान गरिरहेका छौँ ।”

घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले हालको अवस्थामा कुनै अनुमान सार्वजनिक गरेको छैन ।

यसबारे थप तथ्य अनुसन्धानसँगै खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...