नेभिगेशन
समाज

मनमोहक हिमशृङ्खलाको अवलोकन गर्दै गर्न सकिने लाङटाङ पदमार्गका सुन्दर तस्बिरहरु

काठमाडौँ । मनमोहक हिमशृङ्खलाको अवलोकन गर्दै गर्न सकिने लाङटाङ पदमार्ग काठमाडौंबाट नजिकको पदमार्ग हो ।असोज र कार्तिक  महिना पदयात्राको लागि राम्रो सिजन मानिन्छ ।यही सिजनमा  यो पदमार्गमा विदेशीहरु भन्दा बढी नेपालीहरु  भेटिन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग बीचबीचमा भेटिने अनुपम झरना, हिमश्रृङ्खलाहरुले पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गरी रहेको हुन्छ।
काठमाडौंबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्द्रर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ । 
   
क्यामेराका लेन्सले  सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य  कैद गर्दै यात्रा गर्नु  यस पदमार्गको अर्का पक्ष रहेको छ । ुएकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने,  क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन उस्तै देखिन्छ । 

Extreme Energy
Everest cinsult

Langtang_Valley_Langtang_DSC05810-copy-1764394528.jpg

Langtang_Valley_DSC06682-1764394382.jpg

Langtang_Valley_DSC06453-1764394378.jpg

Langtang_Valley_DSC06306-1764394264.jpg

Langtang_Valley_DSC06204-1764394255.jpg

Langtang_Valley_DSC06039-1764394237.jpg

Langtang_Valley_DSC05999-1764394227.jpg

Langtang_Valley_DSC06453-1764394378.jpg

Langtang_Valley_DSC06306-1764394264.jpg

Langtang_Valley_DSC05810-1764394210.jpg

Langtang_Valley_DSC05926-1764394205.jpg

Langtang_Valley_DSC06204-1764394255.jpg

Langtang_Valley_DSC05328-1764394084.jpg

Langtang_Valley_DSC04857-1764394071.jpg

Langtang_Valley_DSC04824-1764394066.jpg

 

    
काठमाडौंबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । तर, समय रहेमा लामा होटल वा रिइभरसाइडमा गएर बास बस्दा उपयुक्त हुन्छ ।

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चरा चुरुङ्गीको चिरबिरचिरबिर आवाजले मन शान्त बनाउँछ । यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् ।


तस्बिर स् क्षितिज तामाङर नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

तस्बिरमा फेवाताल मापदण्डभित्र गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।स्थानीयका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ,...
राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा भण्डारी निर्विरोध निर्वाचित(तस्बिरहरु)

राष्ट्रियसभा उपाध्यक्षमा लिली कुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी हुन् ।
सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि खुल्ला, ८ बजेदेखिनै सडकमा कर्मचारीको चहलपहल(तस्बिरहरु)

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । आजदेखि बिहान ९ बजे नै सरकारी कार्यालय खुल्ने भएपछि कर्मचारीहरु निर्धारित समयमा कार्यालयमा पुग्न सुरु भएको छ ।
सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुखमा डीपी अर्याल निर्वाचित(तस्बिरहरु)

सभामुख पदमा अर्यालको एकल उम्मेदवारी परेपछि उनी सभामुखमा निर्विरोध भएका हुन्।