नेभिगेशन
मुख्य समाचार

जागिरबाट निकालेको झोकमा पानी उद्योग व्यवस्थापकको हत्या, २ जना पक्राउ

बारा । बाराको प्रसौनी गाउँपालिका–६, भलुही चोक नजिक रहेको किरन बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२२, मनियारीका २१ वर्षीय राजन कुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन् ।

CG

प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको छुरा १ थान र रगत लागेको ईटा १ थान बरामद गरेको छ । मंसिर ११ गते बेलुका, उद्योगको २५ मिटर उत्तरतर्फको खाल्डोमा सिंहको शव धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका अनुसार, मृतक रामकिशोर सिंहले राजन कुमार रामलाई चालकको रूपमा काममा राखेका थिए । गत वर्षको गढीमाई मेलामा गाडीको कलच प्लेट जलाएको विषयमा उनीहरुबीच विवाद हुदैँ आएको थियो ।

राजनले फ्याक्ट्रीले तोकेको पानीको मूल्य ११० रूपैयाँमा बिक्री गर्नुपर्ने भए पनि व्यक्तिगत फाइदाका लागि ११५–१२० रुपैयाँमा बिक्री गरेको साहु रामकिशोरले पत्ता लगाएपछि मंसिर १० गते उनलाई कामबाट हटाएका थिए । यसपछि दुवैजनाले रिसबिका बीच जाँड–रक्सी सेवन गर्दै हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ ।

सिंह फ्याक्ट्रीमा कार्यरत अवस्थामा राजन र प्रमोदले बोकेका छुरा र ईट प्रयोग गरी विभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तत्काल घटनास्थल पुगेको थियो । अनुसन्धानमा संलग्न फरार व्यक्तिहरूको खोजतलाश र पहिचान गरी पर्सा छिपहरमाई–५, भिस्वा नाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार राम नियन्त्रणमा लिइएको थियो । प्रमोद साह तुरहालाई वीरगंज–२२ मा लुकिछिपी बसेको अवस्थामा १६ घण्टाभित्र प्रभावकारी रूपमा पक्राउ गरिएको छ ।

बारा जिल्ला अदालतले पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नैतिकताको कसीमा केपी ओली

नैतिकताको कसीमा केपी ओली

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

प्रतिनिधिसभा सदस्य निर्वाचनः मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिनेको निगरानी सुरु

आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । एकाइले पत्ता लगाएका कूल...
बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति गगन थापा

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस...
नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

एउटा मात्र निर्वाचन क्षेत्र भएका कर्णाली प्रदेशका सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा तथा दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र छन् । ती जिल्लाको मतपत्रको...