नेभिगेशन
समाज

जागिरबाट निकालेको झोकमा पानी उद्योग व्यवस्थापकको हत्या, २ जना पक्राउ

बारा । बाराको प्रसौनी गाउँपालिका–६, भलुही चोक नजिक रहेको किरन बेभरेज नेपाल प्राइभेट लिमिटेडका व्यवस्थापक रामकिशोर सिंहको हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२२, मनियारीका २१ वर्षीय राजन कुमार राम र सोही ठाउँका ३२ वर्षीय प्रमोद साह तुरहा रहेका छन् ।

Ncell
Extreme Energy

प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको छुरा १ थान र रगत लागेको ईटा १ थान बरामद गरेको छ । मंसिर ११ गते बेलुका, उद्योगको २५ मिटर उत्तरतर्फको खाल्डोमा सिंहको शव धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानका अनुसार, मृतक रामकिशोर सिंहले राजन कुमार रामलाई चालकको रूपमा काममा राखेका थिए । गत वर्षको गढीमाई मेलामा गाडीको कलच प्लेट जलाएको विषयमा उनीहरुबीच विवाद हुदैँ आएको थियो ।

राजनले फ्याक्ट्रीले तोकेको पानीको मूल्य ११० रूपैयाँमा बिक्री गर्नुपर्ने भए पनि व्यक्तिगत फाइदाका लागि ११५–१२० रुपैयाँमा बिक्री गरेको साहु रामकिशोरले पत्ता लगाएपछि मंसिर १० गते उनलाई कामबाट हटाएका थिए । यसपछि दुवैजनाले रिसबिका बीच जाँड–रक्सी सेवन गर्दै हत्याको योजना बनाएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ ।

सिंह फ्याक्ट्रीमा कार्यरत अवस्थामा राजन र प्रमोदले बोकेका छुरा र ईट प्रयोग गरी विभत्स हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा तत्काल घटनास्थल पुगेको थियो । अनुसन्धानमा संलग्न फरार व्यक्तिहरूको खोजतलाश र पहिचान गरी पर्सा छिपहरमाई–५, भिस्वा नाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा राजन कुमार राम नियन्त्रणमा लिइएको थियो । प्रमोद साह तुरहालाई वीरगंज–२२ मा लुकिछिपी बसेको अवस्थामा १६ घण्टाभित्र प्रभावकारी रूपमा पक्राउ गरिएको छ ।

बारा जिल्ला अदालतले पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

अधिवेशन सार्न कांग्रेसले बोलायो निर्वाचन समिति बैठक

केन्द्रीय कार्यसम्पादन समितिले वडा अधिवेशनको मिति कम्तीमा एक साता पर सार्ने निर्णय गरेपछि नयाँ तालिका बनाउन निर्वाचन समितिको बैठक बोलाइएको हो । निर्वाचन समितिको बैठक भोलि दिउँसो १...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...