नेभिगेशन
कर्पाोरेट

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । जसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको “वासिङ मेसिन, टिभी, फ्रिज लगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोेडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर” प्रदान गरिएको थियो । 

उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरुको सहभागीतामा सम्पन्न भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले भने, ‘हामीले ग्राहकहरुका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । यसले हाम्रो ग्राहकहरुसँगको अन्तरक्रिया र सद्भाव निर्माण हुने हुँदा आगामी दिनमा अझै वृहत रुपमा सेवा र सुविधा सहित योजनाहरु ल्याउनेछौँ ।’

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदिप पालले पुरस्कार हस्तान्तरण गर्दै भने, ‘हामीले यसरी विभिन्न व्यवसायिक स्थलहरुमा सहभागीलाई पुरस्कार वितरण गर्न पाउँदा सेवाग्राही लाभान्वित हने मात्र नभई आफ्नो ब्राण्ड प्रवद्र्धनमा टेवा पुगेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो ब्राण्डले सहकार्य गर्नेछ ।’

सिटी सेन्टर आफ्ना ग्राहकहरुका लागि सबै सेवा सुविधा सहितको व्यवसायीक सपिङ महल हो । यहाँ बच्चाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्ट सहितको व्यवस्था छ । विभिन्न ब्रान्डहरु सुपथ मूल्यमा उपलब्ध हुने यस सिटी सेन्टरले विभिन्न समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै ग्राहकहरुको विश्वास जित्न सफल भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...