नेभिगेशन
कर्पाोरेट

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत

काठमाडौँ । काठमाडौँस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका छन् । जसमा कपनका विनोद चौलागाईले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने बाल्ट्राको “वासिङ मेसिन, टिभी, फ्रिज लगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, क्रोर्कोेडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरुबाट गिफ्ट ह्याम्पर” प्रदान गरिएको थियो । 

उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरुको सहभागीतामा सम्पन्न भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले भने, ‘हामीले ग्राहकहरुका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौँ । यसले हाम्रो ग्राहकहरुसँगको अन्तरक्रिया र सद्भाव निर्माण हुने हुँदा आगामी दिनमा अझै वृहत रुपमा सेवा र सुविधा सहित योजनाहरु ल्याउनेछौँ ।’

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदिप पालले पुरस्कार हस्तान्तरण गर्दै भने, ‘हामीले यसरी विभिन्न व्यवसायिक स्थलहरुमा सहभागीलाई पुरस्कार वितरण गर्न पाउँदा सेवाग्राही लाभान्वित हने मात्र नभई आफ्नो ब्राण्ड प्रवद्र्धनमा टेवा पुगेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो ब्राण्डले सहकार्य गर्नेछ ।’

सिटी सेन्टर आफ्ना ग्राहकहरुका लागि सबै सेवा सुविधा सहितको व्यवसायीक सपिङ महल हो । यहाँ बच्चाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्ट सहितको व्यवस्था छ । विभिन्न ब्रान्डहरु सुपथ मूल्यमा उपलब्ध हुने यस सिटी सेन्टरले विभिन्न समयमा यस्ता कार्यक्रमहरु आयोजना गर्दै ग्राहकहरुको विश्वास जित्न सफल भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...