नेभिगेशन
कर्पाोरेट

बुढानिलकण्ठ स्कुलमा टियागो इभि अन्तर स्कुल चित्रकला कार्यक्रममा सम्पन्न

काठमाडाैँ । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै 'cARTnival' अन्तर स्कुल चित्रकला कार्यक्रम बुढानीलकण्ठ स्कुलमा भव्य रूपमा सम्पन्न गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए । साथै, १९ जना पेशेवर कलाकारहरूले पनि उपस्थित भई विद्यार्थीहरूलाई कलात्मक मार्गदर्शन र प्रेरणा प्रदान गरे ।

Ncell
Extreme Energy

कार्यक्रम दुई समूह—कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२—मा विभाजन गरिएको थियो । 'cARTnival' लाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो । जसले विद्यार्थीहरूलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयहरूमा आफ्ना विचार र कल्पनाशक्ति कलामार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो ।

कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलका उपप्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।

सो कार्यक्रममा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरूको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमहरू विद्यालयको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिले कला केवल मनोरञ्जन नभई सोच, दृष्टि र कल्पनाशक्तिको विस्तार गर्ने प्रभावशाली माध्यम भएको उल्लेख गरे । 

यो कार्यक्रम टाटा ईभीको 'Move with Meaning' सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई सशक्त रूपमा जोड्ने लक्ष्य लिएको छ । 

अन्त्यमा, सिप्रदी ट्रेडिङ र टाटा ईभीले यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने, समाजमा सकारात्मक प्रभाव पुर्याउने र विद्यार्थी सशक्तिकरणमा निरन्तर योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड...
Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

कलिङका क्रममा स्पष्ट आवाजका लागि Environmental Noise Cancellation (ENC) प्रविधि प्रयोग गरिएको छ । हल्का Over-Ear Design, नरम Ear Cushions, IPX4 Sweat & Splash Resistance, Voice Assistant Support,...
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।