नेभिगेशन
कर्पाोरेट

बुढानिलकण्ठ स्कुलमा टियागो इभि अन्तर स्कुल चित्रकला कार्यक्रममा सम्पन्न

काठमाडाैँ । टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै 'cARTnival' अन्तर स्कुल चित्रकला कार्यक्रम बुढानीलकण्ठ स्कुलमा भव्य रूपमा सम्पन्न गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए । साथै, १९ जना पेशेवर कलाकारहरूले पनि उपस्थित भई विद्यार्थीहरूलाई कलात्मक मार्गदर्शन र प्रेरणा प्रदान गरे ।

Ncell
Extreme Energy

कार्यक्रम दुई समूह—कक्षा ५ देखि ८ र कक्षा ९ देखि १२—मा विभाजन गरिएको थियो । 'cARTnival' लाई प्रतियोगिता तथा कार्यशाला दुवै प्रारूपमा सञ्चालन गरियो । जसले विद्यार्थीहरूलाई वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयहरूमा आफ्ना विचार र कल्पनाशक्ति कलामार्फत अभिव्यक्त गर्ने अवसर प्रदान गर्यो ।

कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलका उपप्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङ प्रा.लि.का पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा सम्पन्न भयो ।

सो कार्यक्रममा प्रिन्सिपल केशर खुलालले विद्यार्थीहरूको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमहरू विद्यालयको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण भएको बताए । पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापतिले कला केवल मनोरञ्जन नभई सोच, दृष्टि र कल्पनाशक्तिको विस्तार गर्ने प्रभावशाली माध्यम भएको उल्लेख गरे । 

यो कार्यक्रम टाटा ईभीको 'Move with Meaning' सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई सशक्त रूपमा जोड्ने लक्ष्य लिएको छ । 

अन्त्यमा, सिप्रदी ट्रेडिङ र टाटा ईभीले यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने, समाजमा सकारात्मक प्रभाव पुर्याउने र विद्यार्थी सशक्तिकरणमा निरन्तर योगदान पुर्याइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...