नेभिगेशन
मुख्य समाचार

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति


बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ । 

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युत्को तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।  

CG

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

द प्रमिस्ड ल्यान्ड फाउन्डेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘समृद्ध भविष्यका लागि शान्ति’को नारासहित यही मङ्सिर २५ देखि २७ गतेसम्म लुम्बिनी र रामग्राममा विश्व शान्ति कार्यक्रम आयोजना गरिएको...
देश विकासका लागि श्रमदान अपरिहार्यः हर्क साम्पाङ

देश विकासका लागि श्रमदान अपरिहार्यः हर्क साम्पाङ

धरान उपमहानगरका प्रमुख समेत रहनुभएका उनले मंगलबार धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, “जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा...
एम्बुलेन्स दुर्घटनामा दुई जना गम्भीर घाइते

एम्बुलेन्स दुर्घटनामा दुई जना गम्भीर घाइते

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो ।...
तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

तीन दिनदेखि गाडीसहित बेपत्ता एक जनाको शव भेटियो

इलाका प्रहरी कार्यालय कटारीकाअनुसार  सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रुपमा भेटिएको थियो । क्षतिग्रस्त सुमोसँगै केसीको शव भेटिएको हो । प्रहरीले मध्यराति नै भिरबाट...