नेभिगेशन
समाज

मानवअधिकार सम्मान र पुरस्कार घोषणा

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका  सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति सम्मान–२०८२,  शङ्कर लिम्बू (इलाम), मानव अधिकार पुरस्कार–२०८२ पत्रकार मेनुका ढुङ्गाना (अछाम)लाई दिने निर्णय गरिएको छ । लिम्बू आदिवासी जनजातिको अधिकारका लागि लामो समयदेखि अनवरत रुपमा कार्यरत रहेका छन् ।

Ncell
Extreme Energy

त्यसैगरी ढुङ्गाना अछाममा रहेर पत्रकारिताको माध्यमबाट मानव अधिकारका विषयवस्तु, विशेषतः महिला अधिकार र न्याय प्राप्त गर्नबाट वञ्चितहरुका सवाललाई जुझारु रुपमा उठान गर्ने गरेकी छन् । मानव अधिकार सम्मान र पुरस्कारको राशि जनही रु ५० हजारसहित सम्मानपत्र/प्रमाणपत्र रहेको छ । सम्मान र पुरस्कार २०८२ मङ्सिर २४ गते अन्तरराष्ट्रिय मानव अधिकार दिवस ९१० डिसेम्बर० को कार्यक्रमका बीच प्रदान गरिने छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीपछि यसरी उजाडियो सेतीवेणी

बाढीपछि यसरी उजाडियो सेतीवेणी

कालीगण्डकी र सेतीखोलाको बाढी बस्तीमा पसेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणी बजार उजाडिएको छ।
श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ ।
अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाले थाले श्रमदान

बाढीपहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन म्याग्दीका युवाले श्रमदान अभियान थालेका छन्।