नेभिगेशन
समाज

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।  लगातार चार खेलमा पराजित भएर सङ्कटमा परेको जनकपुरले आज पाँचौँ खेलमा पहिलो जित हात पार्‍यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जनकपुरले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै अङ्कतालिकामा खाता खोल्दै दुई अङ्क पनि जोड्यो । यो जितले जनकपुरको गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को झिनो आशा बढेको छ । बाँकी रहेका दुई खेलमा फराकिलो जित निकालेर मात्रै त्यो सम्भावना सम्भावना रहने नभई जनकपुरले अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने छ । 

Ncell
Extreme Energy

आजको जितमा अनिल शाह ‘म्याच विनर’ बने । ६१ रन हिर्काउनुका साथै एक विकेट पनि झारेका अनिल ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । जितपछि सञ्चारकर्मीसँगको कुराकानीमा शाहले ‘प्लेअफ’को सम्भावना बाँकी रहेको बताए । 

“अझै दुई खेल बाँकी छन् । ती खेल जितेर प्लेअफमा पुग्ने सम्भावनालाई कायमै राख्छौँ ।  लगातारको हारले टोलीको मनोबल खस्किएको भए पनि आजको जितले आगामी खेलमा सहज हुनेछ”, उनले भने, “पछिल्ला खेलहरूमा रन ननिस्किँदा त्यही दबाब महसुस गरेको थिए । आज टिम ब्याक गर्दा रन पनि निस्किनु मेरो लागि खुसीको क्षण हो ।”

पाँचौँ खेलमा तेस्रो हारपछि चितवन राइनोजको ‘प्लेअफ’को बाटो साँघुरो बन्न थालेको छ । बाँकी दुई खेलमा उसले जित निकाल्नुपर्ने दबाब बढेको छ ।

आजको हारपछि चितवनका विदेशी खेलाडी डेबिड मालनले आगामी दुई खेल जित्दा ‘प्लेअफ’ पुग्ने सम्भावना रहेकाले जित निकाल्न मेहनत गरिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।