नेभिगेशन
समाज

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दिए राजीनामा

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार जनकपुरमा बसेको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नलिइ राजीनामाको घोषणा गरेका हुन् । 

Ncell
Extreme Energy

मुख्यमन्त्री यादवले प्रदेशसभामा मन्तव्य राखिरहदा विपक्षी दलका सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए भने एमालेसहित सत्तापक्ष सांसदहरु मात्रै बैठकमा बसेका थिए । मुख्यमन्त्री यादवले एमालेसहित तीन दलका सांसदमात्रै बैठकमा रहेका अवस्थामा कुर्सीसंग विश्वासको मत नमाग्ने भन्दै राजीनामाको घोषणा गरे । 

उनले एमालेले सबै दललाई सहयोग गरेपनि अन्य दलले एमालेलाई साथ नदिएको गुनासो गरे । एमालेलाई आँखा अगाडि विश्वासको मत दिन्न भन्ने हिक्मत नभएर बिपक्षी दलका सांसदले बैठक बहिष्कार गरेको उनले बताए । 

उनले एमालेलाई असहयोग गर्ने दलहरुलाई जनताले नजिकबाट नियाल्ने दावी गरे । २४ घण्टाभित्र विश्वासको मत लिन सर्बोच्चले परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन खोजेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै